गृहपृष्ठ विशेष
रमेश लम्साल/सिबी अधिकारी । काठमाडौँ । अधिकांश ठूला तारे होटल तथा रिसोर्टले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरेको पाइएको छ । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरेका होटललाई कारबाही गर्न थालेपछि सो कुराको खुलासा भएको हो...
हरि लामिछाने । काठमाडौँ । राजनीतिक एवं आर्थिक वृत्तमा विभिन्न विश्लेषणकाबीच विस्तारित मन्त्रिमण्डलमा डा युवराज खतिवडाको नियुक्तिले सरकारले आर्थिक क्षेत्रलाई उच्च महत्व दिएको प्रष्ट भएको देखिएको छ । राष्ट्र नयाँ संरचनाअनुसार अगाडि बढेको सन्दर्भमा देखिएको आर्थिक चुनौतीलाई सम्हाल्ने गहन जिम्मेवारी...
काठमाडौं, १५ फागुन । नेपालमा पेट्रोलियम पदार्थ ल्याउने क्रममा बीच बाटोबाटै भारततर्फ तस्करी हुने घटना बढेको भन्दै आयल निगमले चेतावनी दिएको छ। ट्याङ्कर धनीको मिलेमतोमा भारतमा पेट्रोलियम पदार्थ बेच्ने बारे छानविन थालिएको छ । नेपालमा भन्दा भारतमा मुल्य बढी भएकाले तस्करी...
विनोदसिंह विष्ट । बैतडी । जिल्लामा स्थानीय सरकार चुनिएको सात महिना बित्दा पनि उल्लेख्य काम हुन सकेको छैन । सम्बन्धित कार्यालयको अभाबमा विकास निर्माणदेखि स्थानीय सरकारबार्टे समान्य सेवासुविधा पनि सर्वसाधारणले अझै पाउन सकेका छैनन् । जिल्ला स्तरका अधिकांश विषयगत कार्यालय स्थानीय...
धनगढी, १४ फागुन । जिल्ला अदालत कैलालीले टीकापुर घटनाको मुख्य अभियुक्त रेशमलाल चौधरीलाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दाको प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले सोमबार चौधरीलाई थुनामा राखेर कारबाही प्रक्रिया अगाडि बढाउन आदेश...
काठमाडौँ, १४ फागुन। नवनियुक्त अर्थमन्त्री डा युवराज खतिवडाले संविधानमा उल्लेख मौलिक हक र राज्यका निर्देशक सिद्धान्तमा उल्लेख भएका आर्थिक विषयलाई कार्यान्वयन गरेर अगाडि बढ्ने बताए छ । मन्त्रालयमा आज पदबहालीपछि आयोजित समारोहमा उहाँले भन्नुभयो, “संविधानको मर्म र भावनाअनुसार मुलुकको आर्थिक...
काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना पूर्णताको अन्तिम चरणमा पुगेसँगै राजधानीवासीका धारामा दशैँताका मेलम्चीको पानी आउने भएको छ । राजधानीका अधिकांश स्थानमा खानेपानीको पाइपलाइन विस्तारको साथ धारा समेत जडान भइसकेको आयोजनाले जनाएको छ । आयोजनाले दिएको जानकारी अनुसार कार्यसम्पादन गर्न...
काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्। पार्टी एकतामा सहमत माओवादी र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्रीले दोश्रो चरणमा सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। मन्त्रिपरिषद् विस्तारको तयारीका...
काठमाडौं, १३ फागुन । पार्टी एकताको तयारीमा रहेका एमाले–माओवादी केन्द्रले भोलिदेखि सैद्धान्तिक प्रतिवेदन कार्य सुरु गर्ने भएका छन्। माधव नेपाल संयोजकत्वको बैचारिक दस्तावेज निर्माण सम्बन्धी आजको बैठकले भोलिसम्म दुबै पार्टीका सबै दस्तावेज संकलन गरेर दस्तावेज लेखन कार्य सुरु गर्ने निर्णय...
चितवन, १३ फागुन । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको जाहेरवाला नुरप्रसाद अधिकारीलाई अदालतमा झिकाउन जिल्ला अदालत चितवनले आदेश जारी गरेको छ। जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माले जाहेरवाला नुरप्रसादलार्इ झिकाउन अादेश दिएकाे हाे । उनी कृष्णप्रसादका दाजु हुन। अदालतका...











