गृहपृष्ठ पेट्रोलियम पदार्थबारे तस्करी रोक्न छानविन सुरु

पेट्रोलियम पदार्थबारे तस्करी रोक्न छानविन सुरु

काठमाडौं, १५ फागुन । नेपालमा पेट्रोलियम पदार्थ ल्याउने क्रममा बीच बाटोबाटै भारततर्फ तस्करी हुने घटना बढेको भन्दै आयल निगमले चेतावनी दिएको छ। ट्याङ्कर धनीको मिलेमतोमा भारतमा पेट्रोलियम पदार्थ बेच्ने बारे छानविन थालिएको छ । नेपालमा भन्दा भारतमा मुल्य बढी भएकाले तस्करी हुन सक्ने अधिकारीहरुले बताए ।
निगमको पूर्वाञ्चल क्षेत्रीय प्रमुख भानुभक्त खनालका अनुसार ट्याङकर व्यवसायी र सम्बन्धित पेट्रोल पम्प व्यवसायीसँग लिखित जवाफ मागिएको छ ।
बजारमा पेट्रोलियम पदार्थको माग बढ्न थालेपछि तस्करी रोक्न देशभरकै मुख्य नाकामा सुरक्षा व्यवस्था कडा पारिएको आयल निगमले जनाए ।
आयल निगम अमलेखगञ्जका प्रमुख प्रदीप यादवले भने, ूजाने बेला र आउने बेला पनि सशस्त्र प्रहरीले अनिवार्य जाँच गर्ने व्यवस्था छ। वीरगञ्ज(रक्सौल नाकाबाट ठूलो परिणाममा पेट्रोल बाहिर गएको छैन।
भारतमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएका बेला तस्करी हुने घटना विगतमा पनि हुने गरेको थियो।
तस्करी हुँदा माग व्यवस्थापन गर्न नसकेर आपूर्तिमा समस्या हुने गरेको निगमका अधिकारीहरू बताउँछन्। नेपालमा पेट्रोलियम पदार्थ ल्याउने क्रममा बीच बाटोबाटै भारततर्फ तस्करी हुने घटना बढेको भन्दै आयल निगमले चेतावनी दिएको छ।

विविसि नेपाली

प्रकाशित समय १०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु