गृहपृष्ठ नेपाली सेनामा २४ सय जनाका लागि खुल्यो जागिर
नेपाली सेनामा २४ सय जनाका लागि खुल्यो जागिर
काठमाडौं- नेपाली सेनाले सिकर्मीदेखि प्राविधिक सुवेदारसम्मका लागि २ हजार ३ सय ९१ जनाका लागि आवेदन माग गरेको छ । सेनाले प्राविधिक सुवेदार, लेखा जमदार, अमल्दार कर्मचारी, सैन्य ड्राइभर, सैन्य वाध्यवादन र फलोवर्स पदम दरखास्त आह्वान गरेको हो । सेनामा जागिर खान इच्छुकहरूले जेठ ३० गेतसम्म आवेदन दिनुपर्नेछ । दोब्बर दस्तुर बुझाएर असार ६ गतेसम्म दरखास्त बुझाउन सकिने सेनाको भर्ना छनौट निर्देशनालयले जनाएको छ ।
प्राविधिक सुवेदारले पीसीएल नर्सिङ उत्तीर्ण गरेको हुनुपर्नेछ । यस्तै लेखा जमदारका लागि वाणिज्य शास्त्रमा प्लस टु, अमल्दार कर्मचारी हुन एसएलसी वा एसईई २ जीपीए माथि, सैन्य, सैन्य ड्राइभर र वाध्यवाधकले आठ कक्षा उत्तीर्ण गरेको भए पुग्छ ।
प्रकाशित समय १०:४८ बजे

















