गृहपृष्ठ बेलायतले गर्‍यो नयाँ तेस्रो गोर्खा बटालियन बनाउने घोषणा

बेलायतले गर्‍यो नयाँ तेस्रो गोर्खा बटालियन बनाउने घोषणा

सबै भर्ति नेपालबाटै, सेवा अवधि २४ वर्ष

Gurkha battalion_NewsKarobar

बेलायतले गोर्खा राइफल्सको नयाँ बिग्रेड स्थापना गर्ने घोषणा गरेको छ । ‘थर्ड बटालियन गोर्खा राइफल्स’लाई विशेषज्ञ स्थलसेना (स्पेसलाइज्ड इन्फेन्ट्री बटालियन)का रूपमा स्थापना गर्ने घोषणा बेलायती रक्षा मन्त्रालयले गरेको हो ।
इस्ट इन्डिया कम्पनीसँगको इतिहास जोडिएको थर्ड बलाटियन गोर्खा राइफल्सले दुई वटा विश्वयुद्धदेखि कैयन अन्य सामरिक युद्धमा समेत आफ्नो गौरवपूर्ण इतिहास रचिसकेको छ । नयाँ स्थापना गरिने बटालियनका लागि यसै वर्षदेखि भर्ना सुरु गरिने बेलायतको रक्षामन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यो थर्ड बटालियन गोर्खा राइफल्समा तत्कालका लागि २७० जनाको सैन्य टुकडी रहनेछ, जुन संख्या बढाएर ४०० सम्म पुर्‍याइने जनाइएको छ । यी सबै सिपाहीहरू नेपालबाटै भर्ति गरिने जनाइएको छ । नयाँ भर्ति भएका गोर्खाहरूले प्रमोसनसहित गोर्खा ब्रिगेडमा २४ वर्षको पूर्णकालीन सेवा गर्न पाउने बेलायती रक्षामन्त्रालयले घोषणा गरेको छ ।
विशेषज्ञ स्थलसेनाका बटालियनको आवश्यकताबारे सन् २०१५ मा गरिएको समीक्षाअनुसार नयाँ स्थापना गरिने तेस्रो बटालियन रोयल गोर्खा राइफल्सलाई पनि पाँचमध्ये एक बटालियनका रूपमा समोश गरिनेछ । यो बटालियनलाई विश्वका सम्भाव्य क्षेत्रहरूमा विशेषज्ञता र प्रशिक्षणको सीप प्रदान गर्ने गरी परिचालित गरिनेछ ।
नयाँ भूमिका सहित बेलायती रक्षामन्त्रालयले विद्यमान गोर्खा सैनिक युनिटहरूका लागि क्षमता विस्तारको समेत घोषणासमेत गरेको छ, जसमा बेलायतले नेतृत्व गरेको नाटो सैन्यबलमा गोर्खा सैनिकको नेतृत्वका साथै गोर्खा सैनिक इन्जिनियर र ‘सिंग्नल स्क्वार्डन’ सहितको संरचना स्थापना गरिएको विज्ञप्तिमा उल्लेख छ ।
“गोर्खाहरूले आफ्नो बहादुरी र सीपसहित शताब्दिऔंदेखिको सेवा र बलिदानमार्फत आफ्नो उत्कृष्ट प्रतिष्ठा बनाएका छन्,” बेलायती रक्षामन्त्री मार्क ल्यान्कास्टरले भनेका छन्– ‘उनीहरूले संयुक्त अधिकाज्य र बेलायती सेनाका लागि अद्वितीय विशेषज्ञता र अवधारणा ल्याउँछन, जसले विशिष्टीकृत स्थल सैन्य बटालियनका रूपमा रोयल गोर्खा राइफल्सको तेस्रो बटालियन बनाउनका लागि उनीहरू एक आदर्श विकल्प बनेका छन् ।

यो पनि पढ्नु होसः

बेलायतले पूर्वगोर्खा सैनिकको पेन्सन बढायो

प्रकाशित समय १३:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु