गृहपृष्ठ एमाले-माओवादी एकता भोलि नै !
एमाले-माओवादी एकता भोलि नै !
काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरूले भोलि नै पार्टी एकता गर्ने तयारी अघि बढाएका छन् । हिजो र आज शीर्ष नेतृत्वहरूले छुट्टाछुटै र संयुक्त रूपमा बैठक बसेपछि पार्टी एकतालार्इ तत्काल निष्कर्षमा पुर्याउने सहमति भएको हो ।
पार्टी एकतालार्इ अन्तिम रूप दिने गरी अहिले एमाले र माओवादी केन्द्रको आन्तरिक तयारी बैठक छुट्टाछुटै बसिरहेको छ । एमालेको बैठक प्रधानमन्त्री निवास बालुवाटार र माओवादी केन्द्रको ललितपुरस्थित पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसिरहेको छ ।
बालुवाटारमा एमाले स्थायी कमिटी बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । यस्तै, खुमलटारमा पार्टी कार्यालयको विस्तारित बैठक बसिरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।
बिहान माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको वान अन वान वार्तामा तत्काल एकता घोषणा गर्ने समझदारी भएसँगै एकतालाई अनुमोदन गर्ने विषयमा छलफल गर्न दुबै पार्टीको बैठक बसेको हो ।
प्रकाशित समय १६:५४ बजे
















