गृहपृष्ठ कुन मन्त्रीको कति सम्पत्ति ? सबैभन्दा धनी मन्त्री महासेठ

कुन मन्त्रीको कति सम्पत्ति ? सबैभन्दा धनी मन्त्री महासेठ

काठमाडाैं- प्रधानमन्त्री तथा मन्त्रीहरूले अाफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सरकार गठन भएको ९८औं दिनमा प्रधानमन्त्री तथा मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । त्यसमा पनि २२ सदस्यीय मन्त्रिपरिषदमा १८ मन्त्रीले मात्रै सम्पत्ति विवरण बुझाएका छन् । भ्रष्टाचार निवारण ऐन, २०५९ मा सार्वजनिक पदमा बहाल गरेको ६० दिनभित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था छ । सम्पत्ति विवरणअनुसार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सबैभन्दा धनी देखिएका छन् ।

 

प्रधानमन्त्री : केपी शर्मा ओली

नगद : एभरेस्ट बैंकमा ४२ लाख (आफ्नो नाममा)

श्रीमती राधिका शाक्यको नाममा माछापुच्छ्रे बैकमा चार लाख, प्रभु बैंकमा ६ लाख, राष्ट्रिय वचतपत्रमा २५ लाख

घरजग्गा : श्रीमती राधिका शाक्यको नाममा भक्तपुरमा डेढ रोपनी जग्गा, दुर्इवटा घर र झापाको पृथ्वीनगरमा १० कठ्ठा जग्गा

सुनचाँदी : १८ तोला

 

परारष्ट्रमन्त्री : प्रदीप ज्ञवाली

नगद : १४ लाख ऋण

घरजग्गा : काठमाडौंको शंखमुलमा सरस्वती ज्ञवाली अर्यालको नाममा ४ आना २ पैसा ३ दाममा बनेको २ तले पक्की घर ।

सुनचाँदी : २ तोला सुन

 

रक्षामन्त्री : र्इश्वर पोखरेल

नगद : इन्भेस्टमेन्ट बैंकमा सात लाख (आफ्नो नाममा)

लगानी : श्रीमती मिरा पोखरेलको नाममा बरुण हाइड्रोमा १० हजार कित्ता, कृषि विकास बैंकमा एक सय कित्ता र मोर्डन कन्या मल्टिपल क्यापसमा पाँच हजार कित्ता सेयर ।

सुनचाँदी : ९ तोला सुन र २५ तोला चाँदी

घरजग्गा : झापाको चन्द्रगढीमा १२ कठ्ठा जग्गा (आफ्नो नाममा)

श्रीमतीको नाममा टोखामा २३ आना जग्गामा घर, भक्तपुरको नगरकोटमा १ रोपनी ११ आना र धादिङको खानीखोलमा ४ रोपनी जग्गा ।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री : गोकर्ण विष्ट

नगद : श्रीमतीसमेतको नाममा विभिन्न बैंकमा ७ लाख २१ हजार ७ सय ४३ रुपैयाँ र ७३ लाख रूपैयाँ ऋण

घरजग्गा : गुल्मीको इस्मामा कच्ची घर र ४० रोपनी जग्गा

श्रीमती प्रमिला श्रेष्ठका नाममा काठमाडौंको सामाखुसीमा ४० लाखको जग्गा ।

सुनचाँदी : सात तोला सुन

 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री : रघुवीर महासेठ

नगद : आठवटा बैंकमा खाता (रकम उल्लेख गरिएको छैन ।) र २१ करोड ऋण ।

सुनचाँदी : ५२ तोला सुन

घरजग्गा : धनुषाको क्षिरेश्वरमा ८ विगाहा, सिन्धुलीको कमलामाईमा ५ कठ्ठा, ललितपुरमा २ रोपनी १३ आना, धनुषाधाममा एक विघा र जनकपुर उपमहानगरपालिकामा १० कठ्ठा जग्गा । अन्यत्र डेढ सय बिघा जग्गा ।

सेयर : गुडविल फाइनान्स, एनभिपिएल प्रालि, कर्पोरेट बैंक वीरगन्ज, लक्ष्मी बैंक तथा महिला अधिकार तथा विकास केन्द्र नेपालमा करोडौंको सेयर ।

 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री : मातृका यादव

नगद : नेपाल एसबीआई बैंकमा ६९ हजार ६ सय ९१, नेपाल इन्भेष्टमेन्ट बैंकमा २ लाख ७४ हजार ६ सय ९० र श्रीमती प्रमिलादेवीको नाममा इन्भेष्टमेन्ट बैंकमा १ लाख ९८ हजार ४ सय ९० रुपैयाँ ।

घरजग्गा : ललितपुरको चापागाउँमा ३ रोपनी ४ आना जग्गा

दुर्इ करोड ५१ लाखबराबरको सम्पत्ति श्रीमती र भाइको नाममा ।

श्रीमतीको नाममा सिरहामा २० लाख र २५ लाख गरी ४५ लाखको करिब १३ धुर जमिन । धनुषाको सवेलमा ४ कित्ता जग्गा । धनुषामा १ लाख ६५ हजार, १ लाख २० हजार र ४८ लाख मूल्यबराबरको सम्पत्ति ।

सुनचाँदी : १६ तोला सुन ।

श्रीमतीको नाममा एउटा गाडी ।

 

गृहमन्त्री : रामबहादुर थापा ‘बादल’

नगद : स्वकीय सचिवालय सदस्य विरु तामाङसँगको संयुक्त खातामा ३ लाख ६० हजार १ सय ९३ रुपैयाँ ।

पशुचौपाया : दुर्इवटा कुकुर ।

श्रीमती नैनकला थापाको नाममा चितवनको भरतपुरमा १ कठ्ठा ७५ धुर जग्गा ।

सुनचाँदी : ६ तोला सुन ।

सेयर : श्रीमती नैनकलाको नाममा अपर तामाकोसी जलविद्युत आयोजनाको १४६ कित्ता सेयर ।

एउटा डिजेल गाडी ।

 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री : लालबाबु पण्डित

घरजग्गा : मोरङको विराटनगरमा एक कट्ठा जमिनमा ५ कोठे घर । सर्लाहीको बसबरियामा ४ बिघा जग्गा । मन्त्रीपत्नी विमला पण्डितको नाममा भैंसेपाटीमा ४ आना जग्गा ।

सुनचाँदी : सुन १० तोला र चाँदी १५ तोला ।

नगद : एभरेस्ट बैंकमा २५ लाख र पत्नीको नाममा कृषि विकास बैंकमा ३० लाख रूपैयाँ ।

एक थान साइकल ।

 

ऊर्जा तथा जलस्रोतमन्त्री : वर्षमान पुन

नगद : एभरेस्ट बैंकमा ३ लाख ५० हजार रुपैयाँ ।

सुनचाँदी : सुन १५ तोला र डेढ केजी चाँदी ।

 

अर्थमन्त्री : डा. युवराज खतिवडा

नगद : बैंकमा डेढ लाख नगद । २४ लाख रुपैयाँ ऋण प्रदान ।

घरजग्गा : श्रीमती कमला खतिवडाको नाममा काठमाडौंमा १४ आना जग्गा र घर ।

सुनचाँदी : १० तोला सुन, डेढ किलो गहना ।

सवारीसाधन : ९ लाख ६० हजारको मोटरकार ।

 

वन तथा वातावरणमन्त्री : शक्ति बस्नेत

नगद : एभरेस्ट बैंक र अन्यत्र गरी ३५ लाख रूपैयाँ ।

घरजग्गा : जाजरकोटमा छोरीको नाममा एउटा घर, ४ रोपनी ३ पैसा जग्गा ।

सुनचाँदी : सुन ५ तोला र चाँदी १० केजी ।

सवारीसाधन : तत्कालीन माओवादीको नाममा रहेको बा. ९ च ७४३१ नम्बरको स्करपियो कार ।

सेयर : लालीगुराँस सहकारीमा १० हजार र हाम्रो नयाँ कृषि सहकारीमा ३० लाखको सेयर ।

 

खानेपानी तथा सरसफाइमन्त्री : विना मगर

नगद : छैन ।

सुनचाँदी : पाँच तोला सुन र १६ तोला चाँदी ।

घरजग्गा : प्रकाश दाहालको नाममा चितवनको भरतपुरमा दुर्इ कठ्ठा जग्गा र चितवनमै सगोलको एक कठ्ठा जग्गा ।

सवारी साधन : प्रकाश दाहालको नाममा रहेको स्कुटर ।

 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री : गिरिराजमणि पोखरेल

नगद : एभरेस्ट बैंक र नेपाल बंगलादेश बैंकमा ३ लाख ८० हजार रूपैयाँ ।

घरजग्गा : २३ रोपनी ।

सुनचाँदी : उल्लेख छैन ।

रूपाकोट सामुदायिक रेडियो खोटाङमा पाँच हजार रूपैयाँको सेयर ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री : रविन्द्रप्रसाद अधिकारी

नगद : गण्डकी विकास बैंक र एभरेस्ट बैंकमा २४ लाख ५७ हजार रूपैयाँ ।

सुनचाँदी : सगोलको ६० तोला सुन र ३० केजी चाँदी ।

घरजग्गा : आफ्नो र सगोलको गरी १०९ रोपनी जग्गा ।

सेयर : गण्डकी विकास बैंकमा २६ हजार रूपैयाँको र पातीखोला हाइड्रोपावरमा ३० लाख रूपैयाँको सेयर ।

सवारीसाधन : २० लाख रूपैयाँ पर्ने कार ।

ल्यापटप र दुर्इवटा मोबाइल फोन ।

 

युवा तथा खेलकुद : जगतबहादुर सुनार विश्वकर्मा

नगद : नबिल बैंकमा १३ लाख रूपैयाँ । अञ्जुकुमारी विश्वकर्माको नाममा नबिल बैंकमै ७ लाख । पाँच लाख ऋण दिएको ।

घरजग्गा : दिलबहादुर सुनारको नाममा पोखरामा २ रोपनी १३ आनामा घर (दर्ता हुन बाँकी) । दिलबहादुर सुनारको नाममा पोखरामा ६ रोपनी । सावित्री सुनारको नाममा ललितपुरमा ९ आना जग्गा ।
सुनचाँदी :  ५० तोला सुन ।

सेयर : दिलबहादुर सुनारको नाममा कृषि विकास बैंकमा ४ हजार कित्ता सेयर ।

 

कानुन, न्याय तथा संसदीय मामिला : शेरबहादुर तामाङ

नगद : एभरेस्ट बैकमा १ लाख २८ हजार रूपैयाँ ।

घरजग्गा : उषाकला राईको नाममा काठमाडौंमा साढे दुईतले घर । विभिन्न ठाउँमा १२३ रोपनी जग्गा । सुनचाँदी : सुन ३० तोला ।
सेयर : विभिन्न कम्पनीको सेयर १५ लाख बराबरको सेयर ।
ऋण : कृषि विकास बैंकबाट ४८ लाख र अन्य ठाउँबाट २२ लाख ऋण लिएको
सवारीसाधान : कार र मोटरसाइकल
ल्यापटप २ थान, मोबाइल २ थान

 

कृषि, व्यवस्था तथा सहकारी : चक्रपाणि खनाल

नगद : आफ्नो र यमा बन्जाडेको नाममा हिमालयन बैंकमा ३ लाख ८० हजार, एभरेष्ट बैंकमा ४ लाख ३६ हजार, एसबीआई बैंकमा ५ लाख, एभरेष्ट बैंकमा १ लाख ८० हजार रूपैयाँ ।

घरजग्गा : कपिलवस्तु र रुपन्देहीमा खनाल र बन्जाडेको नामा २८ कट्ठा जग्गा ।
सुनचाँदी : ६ तोला बराबरको गहना .
सेयर : विभिन्न संस्थामा १० लाख ३७ हजार बराबरको सेयर ।
सवारीसाधन : स्कुटर

 

महिला, बालबालिका तथा जेष्ठ नागरिक : थममाया थापामगर

सुनचाँदी : सुन १ तोला ।
घरजग्गा : म्याग्दीको बेनीमा ७ आना जग्गा ।

प्रकाशित समय १४:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु