गृहपृष्ठ सन्दीपलार्इ सिप्रदी ट्रेडिङको कार उपहार !

सन्दीपलार्इ सिप्रदी ट्रेडिङको कार उपहार !

काठमाडौं- युवा क्रिकेटर सन्दीप लामिछानेले कार पाउने भएका छन् । टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले तीन वर्षका लागि ब्रान्ड एम्बेसडर घोषणा गर्दै सन्दीपलार्इ टाटा मोटर्सको टिगोर कार उपहार दिन लागेको हो । कारको सबै मूल्य कम्पनीले व्यहोर्नेछ । सन्दीप इन्डियन प्रिमियर लिग खेलेर मंगलबारमात्र स्वदेश फर्किएका हुन् । १७ वर्षीय सन्दीप आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । उनले दिल्ली डेयरडेभिल्सबाट अन्तिम तीन खेल खेलेर पाँच विकेट लिएका थिए । तर, अन्तिम तीन खेल नै दिल्लीका लागि सम्झनलायक रहे ।

प्रकाशित समय १५:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु