गृहपृष्ठ सिन्धुपाल्चोकको तातोपानी नाका खोल्न आग्रह

सिन्धुपाल्चोकको तातोपानी नाका खोल्न आग्रह

काठमाडौं– सांसद अग्निप्रसाद सापकोटाले भूकम्पपछि बन्द भएको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद सापकोटाले तातोपानी नाका बन्द हुँदा अर्थतन्त्रमै नकारात्मक असर परेको भन्दै तत्काल खुलाउन माग गरेका हुन् ।
यस्तै, उनले भूकम्पपीडित जनताले अझै राहत पाउन नसकेको भन्दै राहतका लागि विशेष कार्यक्रम बनाउन सरकारसँग आग्रह गरे । भूकम्पपीडितलाई सहुलियत ऋण दिने विषयमा समेत कुनै प्रगति हुन नसकेकोतर्फ सांसद सापकोटाले सरकारको ध्यानाकर्षण गराए ।
मुलुकको समृद्धिका लागि नीति तथा कार्यक्रमले सम्बोधन गरेको भए पनि आगामी बजेटले सबै विषय समेट्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित समय १२:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु