गृहपृष्ठ वीरगन्जबाट तीन घण्टामै काठमाडाैं पुगेको सपना देखेँ : कर्ण

वीरगन्जबाट तीन घण्टामै काठमाडाैं पुगेको सपना देखेँ : कर्ण

laxman-lal

काठमाडौं– सरकारले पेस गरेको नीति तथा कार्यक्रमले जनतालाई सपनामात्र बाँडेको सांसद लक्ष्मणलाल कर्णले आरोप लगाएका छन् । नीति तथा कार्यक्रमले समेटेका कार्यक्रमका कारण आज राति वीरगन्जबाट काठमाडौं रेलबाट तीन घण्टामै आइपुगेको सपना देखेको भन्दै उनले सरकारलाई व्यंग्य गरे ।

नीति तथा कार्यक्रममा संविधान संशोधनको विषय नपर्दा दुःख लागेको उनले बताए । ‘संविधानका कमजोरी सम्बोधन गर्ने विषयमा कुनै काम नहुनु तर जनतालाई यो काम गर्छु र त्यो काम गर्छु भनेर सपना बाँड्ने काममात्रै हुनु दुखद् छ’ नेता कर्णले भने । मुलुकको समृद्धिका लागि सबै जनताले स्वीकार गर्ने गरी स्थानीय तह र प्रदेश सरकारबीच समन्वयकारी भूमिका निर्वाह गर्न सरकार लाग्नुपर्ने उनको सुझाव छ ।

प्रकाशित समय १२:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु