गृहपृष्ठ कोशीबाट महासागरसम्म पानीजहाजबाट यात्रा गरेको सपना देख्न थालेको छुः सांसद नेम्वाङ

कोशीबाट महासागरसम्म पानीजहाजबाट यात्रा गरेको सपना देख्न थालेको छुः सांसद नेम्वाङ

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्नो धारणा राख्दै नेकपाका सांसद सुवासचन्द्र नेम्वाङले सकारात्मक सन्देश दिएको बताएका छन् । उनले नयाँ पारिपाटीको विकास गरेको भन्दै जनताको पक्षमा जनताकोमा कार्यक्रमहरु लिएर जाने परिपाटी तयार गरेको बताए ।

जनादेशमा अधारित भएर नीति तथा कार्यक्रम पेश भएको उनले बताए । ‘जनतासंग गरिएको वाचाबन्धन, तथा जनताले माग गरेअनुसारको नीति तथा कार्यक्रम आएको छ,’ उनले भने, ‘यो नीति तथा कार्यक्रम जनाधारमा केन्द्रित छ ।’

‘एक जना मित्रले विरगञ्जबाट काठमाडौं रेलमा आएको सपना देख्नु भएको रहेछ,’ सांसद नेम्वाङले भने, ‘मैले पनि नीति तथा कार्यक्रम आएपछि काठमाडौंबाट पोखरा, पोखराबाट लुम्बिनी, अझ भन्नुपर्दा काठमाडौंबाट रक्सौल तथा काठमाडौंबाट केरुङसम्मको यात्रा रेलबाट गरेको देख्न थालेको छु ।’

प्रतिपक्षले राखेको कुराहरु गम्भिरताका साथ लिनु पर्ने उनको धारणा छ । प्रतिपक्षले पनि जिम्मेवारी र गम्भिरताका साथ आफ्ना कुराहरु राख्नुपर्ने उनले बताए । उनले हामीले सपना देख्न थालेको बताए ।

उनले कोशीबाट महासागरसम्म पानीजहाज चढेर जाने सपना देखेको बताए । उनले कांग्रेस सांसद डा मिनेन्द्र रिजाललाई कोशीबाट महासागरसम्म संगै पानी जहाज जढेर जानसमेत आग्रह गरे ।

संविधान आफूहरुलाई मान्य नभएको कुराहरु संसदमा प्रस्तुत भएको विषयमा आफ्नो धारणा राख्दै उनले संविधानसभाबाट आएको संविधान सबैको लागि स्वीकार्य भएको बताए । उनले संविधानका आधारमा नै सबै निर्वाचनमा भाग लिएका छौं, सपथ खाएका छौं भन्दै यसमा केही असन्तुष्टि भएको भएर राख्न सकिने बताए ।

संविधानमा केही त्रुटी भएको भए र केही संशोधन गर्नुपर्ने भएमा त्यसमा छलफल गरेर जानु पर्ने उनले बताए । उनले नीति तथा कार्यक्रममा संविधान संशोधनको कुरा राख्नु आवश्यक नभएको औल्याए । उनले संविधानले नै संशोधनको व्यवस्था गरेको भन्दै सबैले मिलेर जाने र सबैलाई स्वीकार्य बनाउने गरी संविधान संशोधन गर्न सकिने बताए ।

प्रकाशित समय ११:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु