गृहपृष्ठ गणतन्त्र दिवसमा प्रदेश ५ मा बिदा

गणतन्त्र दिवसमा प्रदेश ५ मा बिदा

बुटवल– गणतन्त्र दिवसको अवसरमा प्रदेश नम्बर ५ का सबै जिल्लामा सार्वजनिक बिदा हुने भएको छ । केन्द्रीय सरकारले गणतन्त्र दिवस, प्रजातन्त्र दिवसलगायतमा बिदा कटौती गरी संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरे पनि प्रदेश नम्बर ५ ले भने गणतन्त्र दिवसमा बिदा दिने घोषणा गरेको हो । आइतबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशित गरी जेठ १५ गते गणतन्त्र दिवसको दिन सार्वजनिक बिदा दिने घोषणा गरेको जनाएको हो ।

प्रकाशित समय १६:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु