गृहपृष्ठ बजेटमाथिकाे छलफल गर्न संसद बैठक बस्दै : कांग्रेस बजेटकाे विराेधमा उत्रने !
बजेटमाथिकाे छलफल गर्न संसद बैठक बस्दै : कांग्रेस बजेटकाे विराेधमा उत्रने !
काठमाडौं- प्रतिनिधीसभा संसदको बैठक आज बस्दैछ । सरकारले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७५/७६ को बजेटबारे छलफल गर्न अहिले ११ बजे बैठक बस्न लागेको हो ।
सरकारले ल्याएको बजेटबारे संसदमा छलफल गरेर पारित गर्ने संवैधानिक प्रचलन छ । यही परम्परा अनुसार आजबाट संसद बैठक शुरु हुने र यो क्रम केही दिन चल्ने संघीय संसद् सचिवालयले जनाएको छ ।
बैठकको सुरुमा अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७५÷०७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनि प्रस्ताव पेश गरेपछि सांसदहरुले बजेटका सैद्धान्तिक पक्षमा केन्द्रित भएर धारणा राख्नेछन् ।
बजेटमाथिको सैद्धान्तिक छलफल तीन दिनसम्म चल्ने र त्यसपछि मन्त्रालयगत रुपम विनियोजन विधेयकमाथि छलफल अघि बढ्ने संसद सचिवालयले जनाएको छ ।
यस्तै राष्ट्रिय सभा बैठकमा पनि आजदेखि बजेटका सैद्धान्तिक विषयमा छलफल सुरु हुने सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए । राष्ट्रिय सभा बैठक पनि विहान ११ बजे नै बोलाइएको छ ।
सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार १३ खर्ब १५ अर्बको बजेट संसदमा प्रस्तुत गरेका थिए ।
यसमाथि विभिन्न खाले टिका–टिप्पणी भइरहेका बेला प्रमुख प्रतीपक्ष दल कांग्रेसले असन्तुष्टि जनाएको छ । उसले बजेटलाई बोझ बोकाउने हावादारी कार्यक्रमको पुलिन्दा भनेको छ ।
राप्रपाले पनि बजेटलार्इ बलियाे सरकारकाे कमजाेर बजेटकाे रूपमा व्याख्या गरेकाे छ ।
प्रकाशित समय १०:१३ बजे

















