गृहपृष्ठ मीठो खाना नबनाएको भन्दै कुटपिट गर्दा मृत्यु
मीठो खाना नबनाएको भन्दै कुटपिट गर्दा मृत्यु
नुवाकोट, २५ पुस : आवास निर्माणका लागि नुवाकोट आएका बर्दिया राजापुर नगरपालिका–१० का रघुनाथ सिग्देलको कुटपिटबाट आज मृत्यु भएको छ ।
विदुर नगरपालिका–२ स्थित शेरामा आवास निर्माणका लागि आएका ३६ वर्षका सिग्देलको कामगर्न सँगै आएका छिमेकी २२ वर्षीय सन्तोष रोकाको कुटपिटबाट मृत्यु भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।
आइतबार राति दुई जनाबीच विवाद उत्पन्न हुँदा रोकाले सिग्देललाई लात्तीले प्रहार गरी मुटुमा चोट पु¥याएकाले नुवाकोटमा उपचार हुन नसकेपछि सोमबार साँझ काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको थियो । उपचारको क्रममा उनको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने रोकालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार कामदारहरुले आलोपालो गरी खाना पकाउने गरेकोमा सिग्देलले बनाएको खाना ‘मीठो नभएको’ भन्ने विषयमा विवाद उत्पन्न हुँदा कुटपिट भएको थियो ।
प्रकाशित समय ०६:४० बजे