गृहपृष्ठ राजपाका सचिव लामाको करेन्ट लागेर मृत्यु

राजपाका सचिव लामाको करेन्ट लागेर मृत्यु

rajapa-nepal-newskarobar

सुनसरी– सुनसरीको तरहरास्थित आफ्नै घरमा नुहाउने क्रममा करेन्ट लागेर राष्ट्रिय जनता पार्टीका केन्द्रीय सचिव तेन्जी लामाको मृत्यु भएको छ । ३१ वर्षिय लामाकाे बिहिबार राति मृत्यु भएको छ ।

करेन्ट लागेर घाइते भएका सचिव लामालाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत वर्ष सम्पन्न चुनावमा राजपाका तर्फबाट समानुपातिकका उम्मेदवार बनेका लामाका दुई सन्तान र श्रीमती छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

-रासस

प्रकाशित समय ०९:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु