गृहपृष्ठ दाइजोको चरम रूप : माेटरसाइकल नदिएको भन्दै रोकियो विवाह

दाइजोको चरम रूप : माेटरसाइकल नदिएको भन्दै रोकियो विवाह

धनुषाको नगराइन नगरपालिका -२ जटहीमा एउटा अनाैठो घटना भयो । गाउँमा बिहे हुने तयारी भएपछि थियो । दुलहीको घरमा बिहे आउन थालेको भन्दै जन्तीलगायत अतिथिलाई खान बस्नको सबै तयारी भइसकेको थियो ।

पूरा तयारीपछि अन्तिममा दाइजोकाे कुराले माहोल मात्रै निकै बिग्रिएन विवाहमा पूर्णविराम लाग्यो । घटना यसै फागुन २५ गतेको हो । सुकदेव सदाकी २० वर्षीया छोरी पूजाको विवाह धनुषाको मिथिला विहारी नगरपालिका बस्ने रोहित सदाका २१ वषीय छोरा सुशील सदासँग विवाह रहस्यमय तरिका ठेस लाग्यो ।

विहेअगाडि पुजा र सुशीलबीच विवाहका लागि २ आना सुन र १२५ सीसीको मोटरसाइकल माइती पक्षले दाइजोमा दिने  दुवै परिवारबीच सहमति थियो । फागुन २५ गते आइतबार बेलुही पुजाको घरमा विवाहका लागि आफन्त, नातागोता र छरछिमेकमा निमन्त्रणा गरियो ।

दुलहीको घरमा जन्ती आउने सुरसार थियो । आफन्तहरू बाटो हेर्दै थिए । तर, दुलाहा पक्षका काेइ पनि आएनन् । मोटरसाइकल नकिनेको भन्ने दुलाहा पक्षलाई जानकारी हुनासाथ उनीहरूले बाटो मोडे । विवाहको लागि सम्पूर्ण तयारी गरिए पनि बेहुला पक्ष विवाह गर्न नआएपछि बेलुही पक्ष थप आर्थिक मारमा परेका छन् । आर्थिक अवस्था निकै कमजोर भए पनि बेचनी सदाले छोरीको विवाह उत्सव मनाउनका लागि ५ लाख रुपैयाँ ब्याजमा लिएर सबै तयारी गरेकी थिइन् ।

नगराइन नगरपालिकाका उपमेयर रञ्जुदेवी साहले हामीले दहेजमुक्त समाज निमार्णका लागि अभियान चलाउने बताउँदै दहेजकै लागि विवाह गर्न नआउने केटा पक्षलाई कारवाहीका लागि पहल गर्ने बताएकी छन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले दाइजोको कारण विवाह गर्न जन्ती नलिएर आएको बारेमा प्रशासनमा उजुरी गरेको खण्डमा केटा पक्षलाई कारवाही गरिने बताएका छन् । यता, ‘मोटरसाइकल विवाह पहिले नै नदिएको भन्दै विवाह गर्न नआएको सजिएकी दुलही पुजा कुमारी सदाले दहेज लोभी केटासँग विवाह नगर्ने बताएकी छन् ।

उनले भनिन्, ‘दहेजको लागि विवाह गर्ने केटासँग बिहे गरेर म के गरौँला र ?’ भोलि कुनै बहानामा कुटपिट गर्न सक्छन्, तर दहेजकै लागि विवाह गर्न नआएकाले त्यस्ता व्यक्तिलाई कारवाही हुनुपर्ने माग गरेकी छन् ।

प्रकाशित समय १०:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु