गृहपृष्ठ साफा सम्मेलन सुरु

साफा सम्मेलन सुरु

काठमाडौ-दक्षिण एसियाली लेखा व्यवसायी महासंघ (साफा) सम्मेलन काठमाडौंमा सुरु भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) ले २१ औँ वार्षिकोत्सवको अवसरमा सम्मेलन आयोजना गरेको हो ।
सम्मेलनको औपचारिक उद्घाटन बुधबार हुने भएपनि आजबाट साफाका विविधि कार्यक्रमहरु सुरु भएको छ । १८ गते सम्म चल्ने सम्मेलनमा लेखा तथा वित्तीय जोखिम व्यवस्थापन, पारदर्शीता र व्यवस्थापनसम्बन्धी सम्मेल, उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुति साफा अवार्ड वितरण लगाएत कार्यक्रमहरु रहेका छन्
। सम्मेलनमा साफा सदस्य राष्ट्रका १५ ख्यातिप्राप्त लेखा व्यवसायीले कार्यपत्र प्रस्तुत गर्ने छन् । ४०० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय लेखा व्यवसायीको सहभागिता रहने छ ।
सम्मेलनको पहिलो दिन आज साफा (क्वीज एण्ड एलोक्युसन कन्टेस्ट) आयोजना गरियो । प्रतियोगितामा सदस्य राष्ट्रका व्यवसायिक लेखा सम्वद्ध निकाय तथा संस्थाका फाइनल तहमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता थियो । प्रतियोगितामा जम्मा १२० अंकका साथ नेपाल प्रथम भएको छ, भने १०५ अंकका साथ पाकिस्तान दोस्रो भएको छ ।  विजेतालाई क्रमशः प्रथम नगद रु ३० हजार र उपविजेतालाई रु २० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।
यसअघि कार्यक्रमको उद्घाटन मन्तब्य दिँदै आइक्यानका अध्यक्ष प्रकाशजंग थापाले मुलुकमा वित्तीय सुशासन र आर्थिक पारदर्शीता कायम गर्नका लागि दक्ष जनशक्ति उत्पादन गर्न यस्तो सम्मेलन उपयोगी हुने बताउनुभयो । साफाका अध्यक्ष डा सुवोध कर्णले सार्क क्षेत्रको लेखा व्यवसायलाई थप व्यवसायिकरण गर्न र एक अर्काको सीप र ज्ञान आदन प्रदान गर्न सहयोग पुग्ने बताए ।
त्यस्तै वित्तीय प्रतिवेदनमानहरुमा विद्यार्थीको अभिरुचि अभिवृद्धि गर्ने उद्देश्यले साफा वक्तित्वकला (साफा एलक्युसन ) कार्यक्रमको आयोजना गरिएको अध्यक्ष थापाले बताउनुभयो । यस्तो कार्यक्रम नेपालले पहिलो पटक तथा सार्क क्षेत्रमा दोस्रो पटक आयोजना गरिएको आयोजकले जनाए छ ।
उहाँका अनुसार वित्त क्षेत्रको ज्वलन्त सन्दर्भ, वित्त जोखिम व्यवस्थापन, पारदर्शीता र जवाफदेहिताका अवधारणागत विषय समीक्षा गराउने उद्देश्यले साफा सम्मेलन आयोजना गरिएको हो ।
त्यसैगरी, चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा हाल आठ हजार चार सय सदस्य रहेका छन् भने करिब सात हजार चार्टर्ड एकाउन्टेन्ट्सका विद्यार्थी अध्ययनरत छन् । यस्तै साफामा नेपालसहित दक्षिण एशियाली मुलुकका तीन लाख ७५ हजार लेखा व्यवसायी आबद्ध रहेका संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय १५:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु