गृहपृष्ठ कचनकवलको बजेट ३८ करोड भन्दा माथि

कचनकवलको बजेट ३८ करोड भन्दा माथि

भद्रपुर- पहिलो गाउँपालिका परिषबाट झापाको कचनकवल गाउँपालिकाले रु ३८ करोड ६७ लाख ६८ हजारको वार्षिक आय व्ययसहितको बजेट पारित गरेको छ ।

परिषद्ले पूँजीगततर्फ रु १६ करोड ८६ लाख ७२ हजार, चालूतर्फ रु १५ करोड ३३ लाख ६३ हजार र सामाजिक सुरक्षा भत्तातर्फ रु पाँच करोड ७६ लाख २६ हजार विनियोजन गरेको छ ।

यस्तै, दैवी प्रकोप राहतमा रु ६१ लाख ९७ हजार, पूँजीगततर्फ विभिन्न कोषका लागि रु ८५ लाख ४९ हजार तथा गाउँपालिकाको लक्षित कार्यक्रमतर्फ रु ६३ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अधिकृत रेखनाथ दाहालले बताए ।

प्रकाशित समय ०९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु