गृहपृष्ठ धनकुटाको लेगुवाघाट हुँदै संखुवासभा सडक सञ्चालनमा 

धनकुटाको लेगुवाघाट हुँदै संखुवासभा सडक सञ्चालनमा 

धनकुटा- धनकुटाको लेगुवाघाट हुँदै संखुवासभाको मुढे शनिश्चरे बजार जोड्ने १२ किलोमिटर ग्रामीण कृषि सडक सञ्चालनमा आए छ  दुई वर्षअघि निर्माण थालेको सडकमा यात्रुवाहक र ढुवानीका साधन सञ्चालनका लागि अनुमति पाएपछि स्थानीयवासीमा खुशी छाएको छ ।

परियोजनाले जिल्ला प्राविधिक कार्यालयमार्फत रु १६ करोड ८२ लाख लागतमा निर्माणाधीन सडकको ९५ प्रतिशत काम सम्पन्न भएको छ ।
महालक्ष्मी नगरपालिकाभित्र पर्ने चानुवा, डाँडागाउँ, जितपुर, मारेक कटहरे, लेगुवालगायत संखुवासभा जिल्लाका विभिन्न गाउँपालिकाका बासिन्दालाई कृषि उपज बजार लैजाने एवं यातायात सेवा सहज भएको स्थानीयवासी लेखनाथ पौडेलले बताए ।
ग्रामीण क्षेत्रमा उत्पादन कृषिजन्य खाद्यन्न धनकुटाको लेगुवाबजार हँुदै बाहिर निकासी सहज भएको र सवारी साधन सञ्चालन भएसँगै धनकुटा, तेह्रथुम र संखुवासभा जिल्लाको संगममा रहेको पर्यटकीय स्थल तीनजुरे मिल्के जलजले गुराँस अवलोकन गर्न एवं मध्य पहाडी लोकमार्गमा जोड्ने यस क्षेत्रको सबैभन्दा छोटो सडक बनेको स्थानीयवासी बताए ।

संखुवासभाबाट धनकुटाका उत्तरी क्षेत्र र भोजपुर जिल्ला दक्षीणी भेगतर्फ जान छोटो दूरीको सडक उपयोगी एवं सहज हुने महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताए ।

प्रकाशित समय ०२:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु