गृहपृष्ठ विकास र समृद्धितर्फ अघि बढ्नुपर्छः अध्यक्ष यादव
विकास र समृद्धितर्फ अघि बढ्नुपर्छः अध्यक्ष यादव
राजविराज – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले समस्या जस्तो सुकै भए पनि देशलाई विकास र समृद्धितर्फ अगाडि तर्फ बढाउनु पर्ने आजको आवश्यकता भएको बताए ।
– “जातीय विभेद र घृणाले मधेसको विकास हुन सक्दैन्, त्यसैले जातीय सद्भाव र सहिष्णुता कायम गर्न सबैको सोचमा परिवर्तन हुनुपर्दछ ।” अध्यक्ष यादवले संघीय संरचनामा पनि २ नं प्रदेशलाई विभेद गरिएको उल्लेख गर्दै “संघीयतामा संरचनागत विभेद छ, प्रदेश नं २ मा जति चरम गरिबी, बेरोजगारी र अभाव अन्य कुनै पनि प्रदेशमा छैन,” भन्नुभयो ।
मधेसका महिलाहरु अझै पनि आर्थिक, सामाजिक र पहुँचमा पछि परेको र देशको युवा शक्ति विदेश पलायन हुने र अर्कातिर बाँकी रहेका युवा पनि कुलतमा फस्दै गएकोमा चिन्ता व्यक्त गदैै
यादवले युवाहरु नैतिकवान् र आदर्शवान् नभएसम्म समाजको विकास असम्भव छ । विकास र समृद्धिको मूल आधार शिक्षा भए पनि मधेशको शिक्षा नीति ध्वस्त भइसकेको बताए ।
गुणस्तरीय शिक्षाले सम्वृद्ध राष्ट्र बनाउन सकिने र नियमानुसार पठनपाठन नगर्ने विद्यालय र शिक्षकमाथि कारबाही हुनुपर्नेमा जोड दिए ।
प्रकाशित समय ०२:३४ बजे