गृहपृष्ठ तीन वटा ग्यास उद्योगलाई नेपाल गुणस्तर चिन्ह प्रदान
तीन वटा ग्यास उद्योगलाई नेपाल गुणस्तर चिन्ह प्रदान
काठमाडौँ । नेपालमा सञ्चालित ५५ ग्यास उद्योगमध्ये गुणस्तर प्रमाणपत्र पाउने उद्योगको संख्या सात पुगेको छ । यसअघि चार वटा ग्यास उद्योगले मात्रै गुणस्तर प्रमाणपत्र लिएका थिए । आज थप तीनवटालाई गुणस्तर प्रमाणपत्र प्रदान गरेपछि सो संख्या सात पुगेको छ ।
विभागका अनुसार आज जानकी ग्यास उद्योग नवलपरासी, मेट्रो ग्यास उद्योग धादिङ र एनएल ग्यास उद्योग वीरगञ्जलाई आज गुणस्तर प्रमाणपत्र प्रदान गरेको छ । ती ग्यास उद्योगमा विभागले दुई पटक निरीक्षण गरी गुणस्तर प्रमाणपत्र प्रदान गरेको हो ।
गुणस्तर प्रमाणपत्र नलिएरै सञ्चालन गर्ने अब ४८ अठचालीस ग्यास उद्योग रहेका छन् । हालसम्म गुणस्तर प्रमाणपत्र लिनेमा मनोज ग्यास उद्योग वीरगञ्ज, श्रीकृष्ण ग्यास उद्योग धादिङ, साइबाबा ग्यास उद्योग धादिङ र नेपाल ग्यास उद्योग बालाजु रहेका छन् । गुणस्तर प्रमाणपत्र नलिई सञ्चालन गरेको व्यापक जनगुनासो आएपछि विभागले यही पुसमा विभिन्न ठाउँका १० उद्योगको अनुगमन गरेको थियो ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले दुई महिनाभित्र सम्पूर्ण ग्यास उद्योगलाई गुणस्तर प्रमाणपत्र दिने गरी विभागले सबै उद्योगसँग आवश्यक कागजात मगाइरहेको बताए । ग्यास उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न नियमावलीको अनुसूची–२ अनुसार आवश्यक कागजात र प्रक्रिया पूरा गरेपछि मात्र विभागले गुणस्तर प्रमाणपत्र दिने गरेको छ ।
प्रकाशित समय ०८:११ बजे