गृहपृष्ठ २८ करोड ४४ लाख सम्सीको बजेट
२८ करोड ४४ लाख सम्सीको बजेट
गौशाला, फागुन ९ । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाका लागि रु २८ करोड ४४ लाख बजेट प्रस्तुत हुँदै प्रथम गाउँसभा सम्पन्न भएको छ । सडक सञ्जाल, स्वास्थ्य सेवा, खानेपानी, विशेष शिक्षा योजना, कृषि योजनालगायत योजनालाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राख्दै सम्सी गाउँपालिकाका उपाध्यक्ष नगिनादेवी यादवले आर्थिक वर्ष २०७४÷७५ का लागि रु २८ करोड ४३ लाख ९६ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाको प्रथम गाउँसभा गाउँपालिका अध्यक्ष शेष फारुखको अध्यक्षतामा भएको थियो ।
रासस
प्रकाशित समय ०२:३२ बजे