गृहपृष्ठ उड्डयन प्राधिकरणको भेदभावे रणनीति छताछुल्ल

उड्डयन प्राधिकरणको भेदभावे रणनीति छताछुल्ल

tia

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले विदेशी एयरलाइन्सलाई नेपालमा उडान भर्न धमाधम अनुमति दिइरहेका बेला स्वदेशी कम्पनीलाई भने अंकुश लगाउने तयारी गरेको छ।

प्राधिकरणले संस्कृति, पर्यटन तथा नागकि उड्डयन मन्त्रालयलाई केही महिनाअघि पूर्वाधार विस्तार नभएसम्म नयाँ एयरलाइन्सलाई उडान अनुममति दिन नसक्ने जानकारी गराएको थियो।

तर त्यसको केही सातापछि नै कुवेतको वातानीय एयरलाइन्सलाई नेपालमा उडान भर्न अनुमति दिएको थियो। हाल उक्त एयरलाइन्सले नेपालमा उडान भर्दै आएको छ।

भारतको गो एयर, मकाउ लगायतका देशवाट पनि नयाँ एयरलाइन्सहरुले नेपालमा उडान भर्नको लागि प्रक्रिया अघि वढाएका छन्।

श्री एयरलाइन्सले अन्तर्रा्ष्ट्रिय उडानको अनुमति माग्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएको छ। मन्त्रालयले लाइसेन्स दिएपनि प्राधिकरणले नयाँ एयरलाइन्सलाई एओसी रोक्ने तयारी गरेको श्रोतले जनाएको छ।

प्रकाशित समय ०२:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु