गृहपृष्ठ आज फागु अर्थात होली पर्व, देशका पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाईदै
आज फागु अर्थात होली पर्व, देशका पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाईदै
काठमाडौं, १७ फागुन । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व वसन्त ऋतुको आगमनस“गै आपसी मेलमिलाप र सद्भावकासाथ विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्नो पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउ“दा होलिका आफै भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा होली पर्वस“ग जोडिएको छ । पर्वका अवसरमा आज काठमाडौंको वसन्तपुरमा रङ्गीचङ्गी बनाइ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुंडिखेलमा लगी जलाउने परम्परा छ । उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा प्रयोगमा आउने विश्वासका साथ लुछंचुंडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाउने चलन छ । आजै राति टु्ंडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीं पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा रांगां मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।
प्रकाशित समय ११:४६ बजे