गृहपृष्ठ हनुमन्ते खोला सरसफाइ अभियान प्रदूषण गर्नेलाई अब कारबाही:मन्त्री पण्डित

हनुमन्ते खोला सरसफाइ अभियान प्रदूषण गर्नेलाई अब कारबाही:मन्त्री पण्डित

xg'dGt] vf]nf ;/;kmfO cleofg dWok'/lyld gu/kflnsf–# sf}zn6f/ / ;"o{ljgfos gu/kflnsf–@ afnsf]6sf] l;dfgf eP/ aUg] xg'dGt] vf]nf ;/;kmfO cleofgdf ;xefuL x'Fb} hg;+Vof tyf jftfj/0f dGqL nfnafa' kl08t, ;f+;b dx]z a:g]tnufot . t:jL/ M /d]z lu/L, eQmk'/, /f;;

भक्तपुर, १९ फागुन । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले वातावरण प्रदूषण गर्ने कोहीलाई कारबाही गरिने बताए । हनुमन्ते खोला सरसफाइ अभियानको उद्घाटन गर्दै उहाँले वातावरण प्रदूषण गर्नेलाई कारबाही गर्ने दृढता व्यक्त गरे ।

आगामी वैशाख १ गतेदेखि हरियो स्टिकर नहुने सवारी साधनलाई प्रतिबन्द लगाउने “वैशाख १ गतेदेखि हरियो स्टिकर नभएका सवारी साधन चल्न नदिने । ४५ प्रतिशत हरियो स्टिकर भएका साधनले कालो धुवाँ फाल्छ, अब त्यस्तालाई कारबाही हुने बताए ।

कालो धुवाँ फाल्ने सवारी साधनलाई मात्र होइन, त्यस्ता सवारी साधनलाई हरियो स्टिकर दिएर पास गर्ने कर्मचारीलाई समेत कारबाही गरिने बताए । नकुहिने प्लास्टिक उत्पादन गर्ने कम्पनीलाई प्रतिबन्ध लगाउने र त्यसको विकल्पमा अर्गानिक झोलालाई प्राथमिकता दिइने छ ।

गतल ढंगले संचालन गर्दै कानून मिच्दै आएका इँटा भट्टालाई कारबाहीको दायरमा ल्याउने तयारी गरेको उनले बताए । अबको एक वर्षमा काठमाडौंमा माक्स लगाएर हिँड्न नपर्ने गरी वातावरण स्वच्छ बनाउने वातवरण प्रदूषण गर्ने केही ठूला होटल उद्योगलाई कारबाही गरिरहेको र अन्यलाई समेत कारबाही दायरामा ल्याउने बताए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले हनुमन्तेमा प्रदूषण बढ्दा ऐतिहासिक भक्तपुरको पहिचान गुम्दै गएको र रोगको संक्रमण बढ्दै गएकाले यसलाई रोक्न हनुमन्ते सरसरफाइ अभियान शुरु भएको बताए ।

भक्तपुर क्षेत्र नं २ का प्रदेशसभा सदस्य शशीजंग थापाले खोलामा फोहोर फाल्नेलाई काबराही गर्ने नीति अघि सार्नुपर्नेमा जोड दिए । कार्यक्रमका संयोजक एवं सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले हनुमन्तेलगायत यस नगरपालिकाको कुनै पनि खोलामा फोहोर फाल्नेलाई नगरपालिकाले जरिवानासहित कारबाही गर्ने बताए । आजबाट शुरु भएको हनुमन्ते सरसफाइ अभियान अब हरेक साता शनिबार सञ्चालन हुनेभएको छ । आजको सरसफाईमा १० ट्रक फोहोर संकलन त्यसको व्यवस्थापन गरिएको छ ।

प्रकाशित समय १८:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु