गृहपृष्ठ सरकारले चाडै पूर्णता पाउँछ : पण्डित

सरकारले चाडै पूर्णता पाउँछ : पण्डित

काठमाडौं । जनसंख्या तथा वातावरण मन्त्री लालवावु पण्डितले सरकारले छिट्टै पूर्णता पाउन बताए । काठमाडौंमा आज गरिएको साक्षात्कारमा मन्त्री पण्डितले एक–दुई दिनभित्रै सरकारले पूर्णता पाउने बताए । सकेसम्म सरकार बाहिर कोही पनि नहोस् भन्ने मनसायका साथ तयारी भइरहेकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन ढिला भएको उहाँको भनाइ रहेको थियो । मन्त्री पण्डितले नेपाली कांग्रेस पनि सरकारमा सहभागी हुन चाहे आफूहरु स्वागत गर्न तयार रहेको बताए ।
मन्त्री पण्डितले राजधानीमा वायु प्रदुषणले सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पारेकाले वायु प्रदूषण रोक्न वैशाख १ गतेदेखि नै हरियो स्टिकर नटाँसेका सवारी साधनलाई रोक लगाइने पनि बताए ।

प्रकाशित समय १४:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु