गृहपृष्ठ ३६ बाल पुस्तक विमोचित

३६ बाल पुस्तक विमोचित

afn snfsf/ M vf]6fªsf] lbQm]ndf z'qmaf/ cfof]hgf ul/Psf] @% cf}F /fli6«o afn ;flxTo ;Dd]ngdf ;xefuL afn snfsf/ . tl:a/ M s]bf/ du/÷vf]6fª, /f;;

खोटाङ । पच्चीसौँ राष्ट्रिय बाल साहित्य सम्मेलनका अवसरमा ३६ शीर्षकका बाल पुस्तक र बाल साहित्य विमोचन भएका छन् ।
नेपाल बाल साहित्य समाज मूल आयोजक समिति काठमाडौँ, नेपाल प्रज्ञा –प्रतिष्ठान र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको संयुक्त आयोजनामा शुक्रबारदेखि शुरु भएको दुईदिने सम्मेलनका उद्घाटनका अवसरमा २०० शीर्षकका बाल पुस्तक प्रदर्शनी र नौ कार्यपत्र प्रस्तुत हुनाका साथै चित्रकारद्वय समित श्रेष्ठ र सोनाम तामाङलाई पुरस्कार वितरण गरियो ।
सम्मेलनको उद्घाटन बाल साहित्य समाजका अध्यक्ष प्रा डा प्राज्ञ चूडामणि बन्धु र प्रदेशसभा सदस्य उषाकला राईले गर्नुभएको थियो ।
रासस

प्रकाशित समय ०८:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु