गृहपृष्ठ यती एयरको विमान दुर्घटनामा
यती एयरको विमान दुर्घटनामा

बुटवल — भैरहवाको गौतमबुद्ध विमानस्थलमा आइतबार यती एयरको विमान दुर्घटना भएको छ । विमानमा रहेका २६ जना यात्रु र चालक दलका सदस्य भने सकुशल रहेका छन् ।
काठमाडौंबाट आएको विमान रनवेमा गुडिरहेका बेला चक्का लग हुँदा विमान दुर्घटनाग्रस्त भएको हो। रुपन्देहीका प्रहरी उसा ढुगांनाका अनुसार काठमाडौंबाट ४स्४० मा उडेको जुलेट चार्ली विमान ५स्११ मा भैरहवा विमानस्थलमा अवतरण भएपछि दुर्घटनाग्रस्त भएको थियो।
विमान दुर्घटनालगत्तै विमानस्थल अहिले बन्द भएको छ। भोलीसम्म विमान स्थल बन्द हुने ढुगांनाले जानकारी दिए ।
प्रकाशित समय १८:५६ बजे