गृहपृष्ठ दुर्घटनामा दश घाइते
दुर्घटनामा दश घाइते
जीतपुर, कपिलवस्तु- बुद्धभूमि नगरपालिका वडा–२ कुन्दे खोला नजिक आज साँझ बस दुर्घटना हुँदा दश जना घाइते भएको छन् ।
बुटवलबाट पश्चिम कृष्णनगर जाँदै गरेको लु १ ख ९२८७ नंको बस तीव्र गतिका कारण अनियन्त्रित भई बाटो छेउमा पल्टिँदा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्घेले जनाएको छ ।
घाइतेलाई नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरी अस्पताल पुर्याएका छन् । साधारण घाइते तीन जनाको स्थानीय बुद्धपोली क्लिनिक र थप सात गम्भीर घाइतेको सामुदायिक अस्पताल जीतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १३:२५ बजे