गृहपृष्ठ रोल्पाका स्थानीय सरकारले स्वरोजगारमूलक कार्यक्रम अभियान थाले

रोल्पाका स्थानीय सरकारले स्वरोजगारमूलक कार्यक्रम अभियान थाले

रोल्पा । पूर्वी रोल्पाको सुनछहरी गाउँपालिकाले युवा लक्षित स्वरोजगारमूलक कार्यक्रम ल्याएको छ ।
युवालाई स्वदेशमै स्वरोजगार बनाउँदै विदेश पलायन रोक्न यस्तो कार्यक्रम थालनी गरेको बताएको छ । गाउँपालिकाले आरन प्रवद्र्धन, ड्राईभिङ, अल्लो भांगो प्रवद्र्धन, मुडा र नमकिन बनाउने लगायतका तालीम सञ्चालन गरिरहेको छ ।

दलित बाहुल्य सिउरीका १० दलित युवाका लागि परम्परागत पेशा प्रवद्र्धनमा युवाको आकर्षणसमेत बढाउन एक महिने आरन प्रवद्र्धन प्रशिक्षक आयोजना गरेको छ । परम्परागतरुपमा सञ्चालन हुँदै आएको सो पेशालाई आधुनिकीकरण गर्न सो तालीम आयोजना गरेका हौं गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले भने । परम्परागत पेशालाई साना उद्योगको रुपमा विकास गरी अन्य युवालाई समेत रोजगारी सिर्जना गर्ने गरी काम थालिएको हो ।
जिल्लामा भित्री सडक विस्तारसँगै गाडी चालकको समेत माग भएको हुँदा महिला र पुरुष २५ लाई सवारी चालक तालीम दिने तयारीमा छ ।

महिलाका लागि नमकिन बनाउने, मुडा बनाउने र अल्लो भांगो प्रवद्र्धन तालीम सञ्चालन गरेको छ । चुलोचौकामा सीमित महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ तालीम सञ्चालन गरिएको हो ।

युवाका लागि गाउँमै रोजगारी सिर्जना नगरे विदेश पलायन भइरहेको युवा जनशक्ति रोक्न नसकिने भएकाले अल्पकालीन योजनाका रुपमा युवामा सीप र क्षमता विकास गरी स्वरोजगार बनाउने र दीर्घकालीनरुपमा कृषिलाई व्यवसायीकरण तथा स्थानीय अल्लो भांगोको उद्योगसमेत स्थापना गर्ने सोच बनाएका छौं अध्यक्ष पुनले बताए ।

स्थानीय सरकारको लगानी र प्रत्यक्ष निगरानीमा युवा लक्षित कार्यक्रम भइरहेको घरेलु तथा साना उद्योग विकास समितिका उद्योग अधिकृत बालकृष्ण आचार्यले बताए । गाउँपालिकाले युवालाई स्वदेशमै स्वरोजगार बनाउने गरी काम थालनी गरेको हुँदा आगामी दिनमा युवा जनशक्ति विदेश पलायन हुनबाट रोकिने उहाँले आशा व्यक्त गरे ।

हाल रोल्पाका ४० हजार बढी युवा वैदेशिक रोजगारीको सिलसिलामा खाडीको विभिन्न मुलुकमा मजदूरी गरिरहेका छन् ।

प्रकाशित समय ११:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु