गृहपृष्ठ ‘एक महिनाभित्र मेलम्चीको पानी’

‘एक महिनाभित्र मेलम्चीको पानी’

Melamchi


काठमाडौं । नवनियुक्त खानेपानी तथा सरसफाई मन्त्री विना मगरले मेलम्ची खानेपानी एक महिनाभित्र काठमाडौंको सुन्दरीजलमा आइपुग्ने दावी गरेकी छन् । बुधबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै उनले एक महिनाभित्र मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा आउने गरी पूर्वाधार निर्माणको काम सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको पनि जानकारी दिइन् ।
मंगलबार सिन्धुपाल्चोक पुगेर मन्त्री मगरले मेलम्ची खानेपानी निर्माण आयोजनाको कामलाई तीव्र गतिमा अघि बढाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिएकी थिइन् । स्थलगत निरीक्षणपछि एक महिनाभित्र सो पानी सुन्दरीजलमा आउने व्यवस्था गर्ने बचन प्राविधिक पक्षबाट आएको मन्त्री मगरको भनाई छ ।
मन्त्री मगरले स्वच्छ पानी खान पाउने नागरिकको मौलिक अधिकारलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता पनि व्यक्त गर्दै दसैअघि मेलम्चीको पानी काठमाडौं उपत्यका भित्रका घरघरमा वितरण गर्ने पनि बताइन् । उनले दुषित पानीका कारण हुने रोगलाई नियन्त्रण गर्न सरसफाई योजनालाई अघि बढाउने पनि बताइन् ।

प्रकाशित समय १४:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु