गृहपृष्ठ भारत ओलीको पहिलो प्राथमिकतामा

भारत ओलीको पहिलो प्राथमिकतामा

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो भ्रमण भारतलाई रोजेका छन् । ओलीको राजकीय भारत भ्रमण तय भएको स्रोतको दावी छ । उनी चैत २३ देखि २५ सम्म भारत आउने घोषणा केहि दिनमा हुनेछ । नेपाली अधिकारीका अनुसार नेपाल र भारतका परराष्ट्रमन्त्रालयले केहि दिनमै एकैपटक भ्रमणको मिति घोषणा गर्ने छन् ।
दोस्रोपटक प्रधानमन्त्री भएका ओलीलाइ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तीनपटक फोनबाट र औपचारिक पत्र पठाइसकेका छन् । नेपाली दूतावासका प्रबक्ता हरि ओडारीले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको तर मिति घोषणा भै नसकेको बताए ।
कुटनीतिक श्रोतका अनुसार ओलीको भ्रमण चैत २४ देखि २६ सम्मका लागि भारतले प्रस्ताव गरेको थियोे । तर नेपालले एक दिन पहिला हुने जवाफ पठायो । भारतले ओलीको अनुकुल हुने गरि चैत २३(२५ मा सहमति जनाएको छ ।

प्रकाशित समय १६:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु