गृहपृष्ठ राजपा महाधिवेशको तयारीमा , नेतृत्व प्रणालीमा बहस

राजपा महाधिवेशको तयारीमा , नेतृत्व प्रणालीमा बहस

madhesi-ekata-rajapa-morcha

काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालले ६ महिनाभित्र महाधिवेशन गर्ने तयारी अघि बढाएको छ । एक वर्षअघि ६ पार्टी एकीकरण गरेर बनेको राजपाले एकता महाधिवेशनअघि कस्तो नेतृत्व प्रणालीमा जाने भन्नेबारे बहस पनि शुरु गरेको छ ।

राजपामा अहिले एकीकरणअघिका ६ पार्टीका अध्यक्षकै सामूहिक नेतृत्व कायम छ, जसलाई अध्यक्षमण्डल भनिएको छ । त्यसको संयोजक तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर छन् ।

‘सामूहिक या एकल नेतृत्व प्रणालीबाट जाने भन्नेबारेमा छलफल गर्दै छौं,’ राजपा नेता राजेन्द्र महतोले भने । उनका अनुसार संघीय संरचनाअनुसार केन्द्र र प्रादेशिक संरचनाका लागि विधान संशोधन गर्नुपर्ने भएकाले छलफल हुने छ ।

राजपाको चैत २१ गते अध्यक्षमण्डलको, चैत २२ गते संसदीय दलको र चैत २७ गते राजनीतिक समितिको बैठक बस्दै छ ।

प्रकाशित समय ०९:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु