गृहपृष्ठ माओवादी नेता सापकोटाले प्रश्न गरे, चीनले दिएको १७ अर्ब कहाँ गयो ?

माओवादी नेता सापकोटाले प्रश्न गरे, चीनले दिएको १७ अर्ब कहाँ गयो ?

काठमाडौं । माओवादी नेता अग्नि सापकोटाले चीनले दिएको १७ अर्ब रुपैंयाँ कहाँ गयो भन्दै सरकारसँग प्रश्न गरेका छन् । उनले तातोपानी नाका तत्काल खोल्न पनि सरकारसँग आग्रह गरे । तीन वर्षअघि गोरखा भूकम्पका क्रममा क्षतिग्रस्त भएको सिन्धुपाल्चोकस्थित चीनसँग जोडिएको तातोपानी नाका नखोलेकोमा सरकारको ध्यानाकर्षण गराएका हुन् । संसद्को बैठकमा विशेष समय लिएर बोल्दै सिन्धुपाल्चोकबाट निर्वाचित माओवादी केन्द्रका सांसद सापकोटाले तत्काल तातोपानी नाका खोल्न माग गरे ।

‘तातोपानी नाका नखुल्नु लज्जाको कुरा हो’, उनले भने, ‘तीन वर्षसम्म पनि यो महत्वपूर्ण नाका खोल्न सरकार असफल हुनु दुःखदायी विषय हो ।’

चीनले दिएको रकम कहाँ गयो ?

संसदमा विशेष समय लिएर बोल्दै सापकोटाले चीनले दिएको अर्बौँ रकम सरकारले सदुपयोग नगरेकामा आक्रोश पोखे । ‘तत्कालीन राष्ट्रपति डा. रामवरण यादव चीन जाँदा दिइएको १४ अर्ब ९४ करोड रुपैयाँ कहाँ गयो ? अरनिको राजमार्ग विस्तार गर्न चीनले दिएको पैसाको किन सदुपोग भएन ?’, उनले प्रश्न गरे, ‘अरनिको राजमार्ग विस्तारको काम किन अघि बढेन ।’

नेता सापकोटाले चिनियाँ सिमाना बनाउनका लागि चीनले दिएको ३ अर्ब रुपैयाँको पनि सदुपयोग हुन नसकेकोमा आक्रोश पोखे । ‘चिनियाँ सिमानमा सुख्खा बन्दरगाह बनाउन दिइएको ३ अर्ब रुपैयाँ कहाँ छ ?’, उनले प्रश्न गरे, ‘सुख्खा बन्दरगाहको काम कहाँ पुग्यो ? जनताले जान्न पाउन् ।’

प्रकाशित समय ०८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु