गृहपृष्ठ एमाले संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवास नेम्वाङ

एमाले संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवास नेम्वाङ

फाइल तस्बिर

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन भएका छन्।

एमाले संसदीय दलको बुधबार बसेको बैठकले पूर्वसभामुख नेम्वाङलाई उपनेता चयन गरेको हो । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई दलको नेता बनाउन गरेको प्रस्तावलाई बैठकले अनुमोदन गरेको थियो । नेम्वाङ ओलीको अति प्रिय नेता मानिन्छन् ।

यस्तै, प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौधरी चयन भएका छन्।

प्रकाशित समय १७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु