गृहपृष्ठ ईदुलफित्र र ईदुलअज्हाकामा सार्वजनिक विदा दिन माग

ईदुलफित्र र ईदुलअज्हाकामा सार्वजनिक विदा दिन माग

काठमाडौं । अघिल्लो सरकारले ईदुफित्र र ईदुलअज्हाका पर्वमा दिदै आएका सार्वजनिक बिदा वर्तमान ओली सरकारले सामुदायिक बिदाको सुचिमा राखेको भन्दै राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले सच्याउन माग गरेको छ । उनीहरुले  सिंहदरबारमा गृहमन्त्री रामबहादुर थापालाई भेटी सामुदायिक सुचिमा नभई सार्वजनिक विदाको सूचिमा राख्न माग गरेको छ । गठबन्धनका संयोजक एंव एमाले सल्लाहाकार परिषद् सदस्य समिम अन्सारीले मुस्लिम समुदायसंग सरकारले गरेको तीन वटै सहमतिमा यी बिदाहरुलाई राष्ट्रिय विदाको रुपमा सार्वजनीक विदा दिने सहमति भएको बताउनुभयो । उहाँले मुस्लिम समुदायलाई सरकारले सौतेनी व्यवहार गरेको भन्दै बिदा नसच्याए मुस्लिम समुदायले कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो । मुस्लिम समुदायका हक, अधिकार प्रति सरकार अनुदार रहेको भन्दै आफ्नो अधिकारका लागि मुस्लिम समुदाय एक भएको पनि बताउनुभयो । उहाँले नेपालको परिवर्तनमा मुस्लिम समुदायको भूमिका महत्वपूर्ण रहेको भन्दै अघिल्लो सरकारले दिदै आएको बिदा यथावत राख्न गृहमन्त्री थापासंग गठबन्धनले माग गरेको छ । गठबन्धनका अध्यक्ष अन्सारी र महासचिव मोहम्मद जाकीर हुसैनले गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाउदै तत्काल बिदा सच्याउन माग गरेका हुन् । बिदा नसच्याए आन्दोलनको माध्यमबाट सरकारलाई बिदा सच्याउन बाध्य पार्ने उनीहरुको चेतावनी छ ।

प्रकाशित समय ०९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु