गृहपृष्ठ अर्थमन्त्री डा. खतिवडाले भने, ‘सेयर बजारमा अझै धेरै आपूर्ति बढ्नेछ’
अर्थमन्त्री डा. खतिवडाले भने, ‘सेयर बजारमा अझै धेरै आपूर्ति बढ्नेछ’
फाइल तस्बिर
काठमाडौं । सेयर लगानीकर्ता र ब्रोकरका प्रतिनिधिहरुले बुधबार अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेका छन् । पुँजी बजारका तमाम समस्या र आगामी दिनमा गर्नुपर्ने सुधारका विषयहरुका बारेमा लगानीकर्ता र ब्रोकरका प्रतिनिधिहरुले अर्थमन्त्रीलाई अवगत गराएका हुन् । नेपाल इन्भेष्टर्स फोरमका महासचिव राजन लम्साल, सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालसहित अन्य केही लगानीकर्ता भेटमा सहभागी थिए । यसैगरी, ब्रोकरहरुका तर्फबाट ब्रोकर्स एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीसहित नरेन्द्र सिजापति र राजकुमार तिमिल्सिना पनि अर्थमन्त्री भेट्ने टोलीमा सहभागी भएका थिए ।ब्रोकर्स एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले सेयर बजारमा भ्याट लागू गर्न नहुने अर्थमन्त्रीसँग माग गरे । भ्याट प्रकरणले सेयर बजारमा अन्योल पैदा भएको छ । लगानीकर्ताहरु पनि भ्रमित भएका छन् । बैंक तथा वित्तीय संस्था सरह ३० प्रतिशत कर तिर्न आफूहरु तयार भएको बताउँदै उनले भ्याट भने कुनै पनि हालतमा लगाउन नहुने अर्थमन्त्रीलाई सुनाए । यस्तै, पुँजी बजारको दिगो विकास गर्न बजार निर्माताको तत्काल व्यवस्था गर्नुपर्ने अध्यक्ष रेग्मीले अर्थमन्त्रीसँग आग्रह गरे ।
अहिलेको अवस्थामा बजार सुधार्न अनलाइन प्रणाली छिटो कार्यान्वयनमा ल्याउनुपर्ने धारणा पनि अध्यक्ष रेग्मीले राखेका थिए । सेयर धितोकर्जालाई नीतिगत व्यवस्था गरेरै एकरुपता ल्याउनुपर्ने बताए । बजार घटबढ हुँदा सेयर धितो कर्जाको प्रतिशत पनि तलमाथि गरिंदै आएको छ । यसबाट अझै अन्योल र अस्थिरता उत्पन्न भएको छ । यसर्थ, नीतिगत व्यवस्था गरेर सेयर धितो कर्जा अनुपातलाई एउटा निश्चित प्रतिशत कायम गर्नुपर्ने अर्थमन्त्रीलाई अवगत गराए ।
प्रकाशित समय १०:१९ बजे

















