गृहपृष्ठ संवैधानिक इजलासमा न्यायाधीश चालिसे
संवैधानिक इजलासमा न्यायाधीश चालिसे

काठमाडौँ — सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसे संवैधानिक इजलासको सदस्य भएका छन् ।
कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको सिफारिसमा न्यायपरिषद् बैठकले चालिसेलाई मनोनयन गरेको हो । सर्वोच्चमा बुधबारदेखि नै संवैधानिक इजलास सुरु भएको छ ।
विवादास्पद तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले उमेर हदले अवकाश पाएपछि रिक्त रहेको संवैधानिक पदमा चालिसेलाई सदस्य तोकिएको हो । संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश जोशी, न्यायाधीशहरू ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर राणा, दीपककुमार कार्की र केदारप्रसाद चालिसे छन् ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश वा कामु प्रधानन्यायाधीशसहित पाँच न्यायाधीश रहने प्रावधान छ । इजलासले संवैधानिक मुद्दामा सुनुवाइ गरी निर्णय दिने गर्छ । इजलासमा ४ सयभन्दा बढी मुद्दा छन् ।
प्रकाशित समय १०:२८ बजे