गृहपृष्ठ भिषण बर्षाका कारण तीन लाखको तरकारी नष्ट
भिषण बर्षाका कारण तीन लाखको तरकारी नष्ट

केहि दिनको लगातारको भिषण बर्षापछि पानीको निकास नहुँदा उर्लाबारीमा बरिब तीन लाखको तरकारी नष्ट भएको छ ।
दिनहुँ पानीले डुबाउँदा पाठशाला कृषि सहकारी संस्था लिमिटेडले लगाएको तरकारी खेतीमा क्षति पुगेको हो ।
दुई दिनदेखिएको लगातारको वर्षाले डुबाउँदा काँक्रा, बोडी, फर्सी, भन्टालगायत तरकारी नष्ट भएको संस्थाका अध्यक्ष दुर्गाप्रसाद खतिवडाले जानकारी दिए ।
संस्थाले स्थानीयवासी शोभा चेम्जोङ पालुङवाको जमिन पाँच वर्षको लागि भाडामा लिएर व्यावसायिक तरकारीखेती शुरु गरेको हो । दैनिक १० जनाले रोजगारी समेत पाएका छन् ।
(रासस)
प्रकाशित समय १३:२६ बजे