गृहपृष्ठ खेलकुद क्षेत्रको पनि सिन्डिकेट हटाइन्छ : गृह मन्त्री थापा
खेलकुद क्षेत्रको पनि सिन्डिकेट हटाइन्छ : गृह मन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले खेलकुद क्षेत्रमा समेत सिन्डिकेट रहेको भन्दै त्यसलाई हटाइने बताएका छन् ।
नेपाल मगर खेलकुद संघले आयोजना गरेको मगर खेलाडी सम्मान तथा सांस्कृतिक कार्यक्रममा गृहमन्त्री थापाले केही व्यक्ति र समूहले खेलकुद क्षेत्रमा सिन्डिकेट चलाउन खोजेको भन्दै त्यो स्वीकार्य नहुने बताए ।
उनले राजनीति र खेलकुद क्षेत्रमा मगर समुदायको विशिष्ट योगदान रहेको दावी गरे । गृहमन्त्री थापाले शान्ति, सुशासन कायम हुनका साथै अपराधिक गतिविधिमाथि नियन्त्रण गर्नसके देशको आर्थिक विकास हुने भएकाले यस क्षेत्रमा सरकारलाई सहयोग गर्न सबैसँग आग्रह गरे ।
संघका उपाध्यक्ष तथा भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीमगरले मगरजातिको कला तथा संस्कृति सबै नेपाली जनताको सम्पत्तिका रुपमा रहेको बताउँदै यसको संरक्षण गर्न राज्यले ध्यान दिनुपर्ने उल्लेख गरे । नेपाल मगर संघका अध्यक्ष नविन रोक्का मगरले मगरात र तमुवानको छुट्टै गौरवशाली इतिहास रहेको दावी गरे ।
(रासस)
प्रकाशित समय २२:५० बजे