गृहपृष्ठ प्रधानमन्त्री देशलाई कम्बोडिया बनाउन उद्यत : प्रदीप पौडेल
प्रधानमन्त्री देशलाई कम्बोडिया बनाउन उद्यत : प्रदीप पौडेल
कांग्रेसलाई गाली गर्न जनताले प्रधानमन्त्री बनाएका होइनन्

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधामन्त्री केपी शर्मा ओली देशलाई कम्बोडीया बनाउन लागेको आरोप लगाएका छन् । सरकारले पछिल्लो समयमा गर्दै आएका विभिन्न कार्यहरुले यसलाई पुष्टि गरेको उनको भनाई छ ।
बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै पौडेलले दुई तिहाईको दबाबले अतिवादको सुरुवात गरेको बताए । प्रधानमन्त्रीलाई घुँडा टेकाएर छोड्ने उद्घोष गर्दै उनले निशेधित क्षेत्र तोड्ने दावी गरे ।
प्रधानमन्त्री ओलीले अतिवाद लाद्न खोजेको आरोप लगाउँदै उनले कांग्रेसले त्यस्तो प्रयास सफल हुन नदिके उल्लेख गरे । प्रधानमन्त्रीको मुख्य ध्यान कांग्रेसलाई गाली गर्नमा केन्द्रित भएको उल्लेख गर्दै उनले गालीले देश विकास नहुने बताए । कांग्रेसलाई गाली गर्न प्रधानमन्त्री रातभर नसुत्ने गरेको आफुले सुनेको दावी गर्दै पौडेलले कांग्रेसलाई गाली गर्न जनताले प्रधानमन्त्री नबनाएको बताए ।
प्रकाशित समय ११:५८ बजे