गृहपृष्ठ संसदीय सुनुवाइ समिति गठन

संसदीय सुनुवाइ समिति गठन

parliament-newskarobar फाइल फाेटाे

मंगलबार संसदीय सुनुवाइ समिति गठन भएको छ । संसद गठन भएको लामो समय भइसक्दा पनि संसदीय सुनुवाइ समिति गठन हुन नसक्दा संसदीय सुनुवाइ भई नियुक्त हुने संवैधानिक पदहरुमा नियुक्ति हुन सकेको थिएन । संसदीय सुनुवाइ समिति गठन भएपछि अब संवैधानिक पदहरुमा नियुक्तिका लागि संसदीय सुनुवाइको बाटो खुलेको छ ।

मंगलबार गठित संसदीय सुनुवाइ समितिमा १५ जना सांसद सदस्य रहेका छन् । नेपालको संवैधानिक व्यवस्थाअनुसार संवैधानिक पदहरुमा नियुक्तिको सिफारिस पाएकाहरुको उक्त समितिले सुनुवाइ गर्नेछ ।

को को छन् संसदीय सुनुवाइ समितिमा ?

प्रतिनिधि सभाबाट

१. अमृता थापा (नेकपा)

२. निरूदेवी पाल (नेकपा)

३. पार्वत गुरूङ (नेकपा)

४. पूर्णकुमारी सुवेदी (नेकपा)

५. योगेश कुमार भट्टराई (नेकपा)

६. शिवकुमार मण्डल केबट (नेकपा)

७. सुरेन्द्र प्रसाद पाण्डे (नेकपा)

८. ज्ञानेन्द्र बहादुर कार्की (कांग्रेस)

९. भिमसेनदास प्रधान (कांग्रेस)

१०. पुष्पा भुसाल गौतम (कांग्रेस)

११. लक्ष्मणलाल कर्ण (राजपा)

१२. राजेन्द्रप्रसाद श्रेष्ठ (संघीय समाजवादी फोरम)

राष्ट्रिय सभाबाट

१. सुमन प्याकुरेल (नेकपा)

२. नन्दा चपाइँ (नेकपा)

३. जीतेन्द्र नारायण देव (कांग्रेस)

प्रकाशित समय १५:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु