गृहपृष्ठ कांग्रेसको सार्वजनिक महत्वको प्रस्तावमा छलफल जारी
कांग्रेसको सार्वजनिक महत्वको प्रस्तावमा छलफल जारी
‘इमोसनल ब्याकमेलिङ’ नगर्न योगेश भट्टराईकाे अाग्रह

कांग्रेसले शुक्रबार चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सेवा क्षेत्रमा विद्यमान विसंगतिको अन्त्य तथा अनसनरत डा. गोविन्द केसीको जीवनरक्षा गर्न सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको थियो । आफुले दर्ता गराएको प्रस्ताव कार्यसुचीमा नपरेपछि कांग्रेसले बैठक अवरुद्ध गरेको थियो ।
सार्वजनिक महत्वको प्रस्तावमा सांसद दीलेन्द्रप्रसाद बडू प्रस्तावक रहेका छन् भने काग्रेसका अतहर कमाल मुसलमान र पार्वती डिसी चौधरी समर्थक रहेका छन् । छन् । डा. केसीको अवस्था गम्भीर बनेकोप्रति चासो नदिने सरकारको रबैयाका कारण सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको प्रस्तावक बडूले सदनमा जानकारी दिए ।
प्रतिनिधिसभा नियमावलीको नियम ७१ मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्ने व्यवस्था छ । यस्तो प्रस्तावमा संसदमा बढीमा २ घन्टा छलफल हुन्छ । प्रस्तावमाथि उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने नियमावलीमा व्यवस्था छ ।
प्रतिनिधिसभा नियमावलीको नियम ७१ को उपनियम ३ अनुसार संसदमा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई सभामुखले सार्वजनिक महत्वको प्रस्तावका रूपमा नलिन पनि सक्ने व्यवस्था छ । महत्वको प्रस्तावकै रूपमा सभामुखले लिएमा मात्र स्वीकृत हुने र सम्बन्धित मन्त्रीसँग सभामुखले परामर्श गरी छलफलको मिति तोक्ने व्यवस्था छ ।
नेकपाका सांसद योगेश भट्टराईले डा. केसी र गंगामाया अधिकारीको नाममा ‘इमोसनल ब्याकमेलिङ’ भएको बताए । उनले डा. केसी, गंगामाया र बालकृष्ण ढुंगेलका नाममा ‘इमोसनल ब्याकमेलिङ’ नगर्न आग्रह गरे । भट्टराईले मेडिकल कलेजहरुबारे छानविन गर्न संसदीय समिति बनाउन माग गरेका छन् ।
प्रकाशित समय १५:२८ बजे