गृहपृष्ठ जनता बैंक र प्रुडेन्सियल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

जनता बैंक र प्रुडेन्सियल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

janatabank_prudentialInsura.newskarobar

जनता बैंक नेपाल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकले निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकलाई एकद्धार सेवा प्रणालीमार्फत जीवन तथा निर्जीवन बlमा सेवा दिने गरी सम्झौता भएको हो ।

सम्झौतापत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिके महर्जनले हस्ताक्षर गरे । सम्झौतासँगै ग्राहकहरुले जनता बैंकका जुनसुकै शाखाबाट बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न र दाबी भुक्तानी गर्न सक्नेछन् ।

बैंकले हाल एक सय १९ शाखा, ४० शाखारहित बैंकिङ, दुर्इ सीमित बैंकिङ, दुर्इ एक्स्टेन्सन काउन्टर र ६९ एटीएमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय १६:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु