गृहपृष्ठ सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक शहरमुखी : प्रकाशमान सिंह

सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक शहरमुखी : प्रकाशमान सिंह

prakashman-newskarobar फाइल तस्बिर

 

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले शहरमुखी र व्यापारीहरुलाई फाइदा हुने गरी चिकित्सा शिक्षा विधेयक ल्याउन खोजेको आरोप लगाएका छन् । शुक्रबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सिंहले यस्तो बताएका हुन् ।

देश नयाँ संरचनामा गइसकेकाले हरेक प्रदेशमा सरकारी मेडिकल कलेज, गुणस्तरीय स्वास्थ्य संस्था हुनु पर्नेमा अझै सरकार शहरीमुखी र व्यापारीहरुलाई फाइदा हुने काममा लागेको उनको आरोप छ । उनले चिकित्सक शिक्षा विधेयक सरकारले आफ्नै पार्टीका कार्यकर्ता, लगानीकर्ताहरुलाई फाइदा हुने गरी तोडमोड गरेर ल्याउन लागेको उल्लेख गरे ।

विधेयक तोडमोड गरेर ल्याएमा र आम नागरिकको चाहनाविपरित काम गरेमा नेपाली कांग्रेसले सडकदेखि सदनसम्म सशक्त प्रदर्शन गर्ने उनले चेतावनी दिए । माथेमा प्रतिवेदनले दिएको सुझाव अनुसार विधेयक जारी भएमा अस्पतालको गुणस्तर, आम गरिब नागरिकको शिक्षामा पहुँच र शिक्षा क्षेत्रमा सुधार हुने उनले दावी गरे ।

वर्तमान सरकार अधिनायकवादी र सर्वसत्तावादीलाई बढुवा दिइरहेको सिंहको भनाइ रहेको छ । यसैबीच उनले अत्तरियामा रहेका नेपाली कांग्रेसका अगुवा नेता कार्यक्रतासँग पनि भेटघाट गरेका थिए ।

प्रकाशित समय १४:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु