गृहपृष्ठ बिपी कोइरालाको ३६ औं स्मृति दिवस आज
बिपी कोइरालाको ३६ औं स्मृति दिवस आज
प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवस आज मनाइँदै छ । दिवसको अवसरमा कांग्रेसले देशभर विभिन्न कार्यक्रमको आयोजना गरेको छ । वि.सं. १९७१ भदौ २४ गते जन्मिएका कोइरालाको वि.सं. २०३९ साउन ६ गते घाँटीको क्यान्सरका कारण निधन भएको थियो । वि.सं. २००७ सालको राणा शासनविरुद्धको क्रान्तिको नेतृत्व गरेका कोइराला २०१५ सालमा दुई तिहाइ बहुमतसहित नेपालको पहिलो जननिवाचित प्रधानमन्त्री भएका थिए ।
नेपाली राजनीतिका साथै साहित्यलेखनमा क्रियाशील रहेका कोइरालाका तीनघुम्ती, सुम्निमा, नरेन्द्रदाइ, मोदिआइन, हिटलर र यहुदी तथा बाबु, आमा र छोरा उपन्यास प्रकाशित छन् । ‘दोषी चश्मा र श्वेतभैरवी’ कथा सङ्ग्रह तथा उनको देहान्तपछि आत्मवृत्तान्त, जेल जर्नल र फेरि सुन्दरीजलजस्ता कृति प्रकाशित भएका छन् ।
प्रकाशित समय ०९:०७ बजे

















