गृहपृष्ठ सुर्खेत मातहतका अदालतबाट २ हजार २५ मुद्धा फछर्यौट
सुर्खेत मातहतका अदालतबाट २ हजार २५ मुद्धा फछर्यौट
आर्थिक वर्ष २०७४/७५ मा सुर्खेत जिल्ला अदालत र मातहतका अदालतबाट २ हजार २५ मुद्धा फछर्यौट भएका छन् । मातहतका दैलेख, जाजरकोट, सल्यान र रुकुममा गरि एक वर्षमा २ हजार २५ मुद्धा फछर्यौट भएको उच्च अदालत सुर्खेतले जनाएकबो छ ।
बुधबार कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरि आर्थिक वर्ष २०७४/७५ मा गरेका काम बारबाहीबारे जानकारी दिएको थियो । कार्यक्रममा बोल्दै उच्च अदालत सुर्खेतका मुख्य न्याधिस हरीकुमार पोख्रेलले अदालतले गरेका कामको जानकारी जनताले पाउनुपर्ने बताए । ‘कानुनले निषेध गरेका सूचना बाहेकका सूचना पाउने आम सर्वसाधारणलाई अधिकार छ, त्यो अदालतले दिनु पर्छ,’ उनले भने ।
एक वर्षमा दर्ता भएका जम्मा २ हजार ३५ मुद्धा र अघिल्लो वर्षको बाँकी रहेका ६ सय ४० गरि जम्मा २६ सय ७५ मुद्धामध्ये २ हजार २५ मुद्धा फछर्यौट भएको कार्यालयले जनाएको छ ।
सुर्खेत जिल्लामा भने यो आर्थिक वर्षमा १ हजार ८० मुद्धा फछर्यौट भएका छन् । अघिल्लो वर्षको बाँकी रहेका ३ सय ९२ मुद्धा सहित यो आर्थिक वर्षमा १ हजार ८० मुद्धा फछर्यौट भएका हाे । यो वर्ष मात्रै अदालतमाम १ हजार ५१ मुद्धा दर्ता भएका थिए भने अघिल्लो वर्षको ३ सय ९२ मुद्धा सहित कार्यालयमा जम्मा १४ सय ४३ मुद्धा रहेको कार्यालयले जनाएको छ ।
त्यस्तै उच्च अदालत सुर्खेत मातहतको दैलेख जिल्ला अदालतमा जिम्मेवारी सरि आएका ५४ र यो वर्षमा दर्ता भएका १ सय ५६ मुद्धा मध्ये १ सय ५८ मुद्धा फछर्यौट भएका छन् । जाजारकोट जिल्ला अदालतमा जिम्मेवारी सरि आएका ३२ र यो वर्ष दर्ता भएका १ सय ९३ मुद्धा मध्ये १ सय ८२ मुद्धा फछर्यौट भएको उच्च अदालत सुर्खेतले जनाएको छ ।
त्यस्तै सल्यान जिल्ला अदालत मा जिम्मेवारी सरि आएको ७५ मुद्धा र यो वर्षमा दर्ता भएका २ सय ७१ मुद्धा मध्ये २ सय ७१ फछर्यौट र ७५ मुद्धा अझै बाँकी रहेका छन् ।
रुकुम जिल्ला अदालतमा जिम्मेवारी सरि आएका ८७ मुद्धा र यो वर्षमा दर्ता भएका ३ सय ६४ मुद्धामा ३ सय ३४ मुद्धा फछर्यौट भएका छन् ।
उच्च अदालत सुर्खेतमा मेलमिलापका लागी आर्थिक वर्ष २०७४/७५ मा जम्मा २३ मुद्धा दर्ता भएको कार्यालयले जनाएको छ । मेलमिलापमा दर्ता भएका जम्मा मुद्धामा २१ फछर्यौट भएका छन् भने २ वटा मुद्धा बाँकी रहेका छन् । उच्च अदालत सुर्खेतले १ सय ९३ मुद्धामा वैतनिक सेवा प्रदान गरेको जनाएको छ ।
प्रकाशित समय ०८:४६ बजे
















