गृहपृष्ठ स्वास्थ्यचौकी भवन बनाउन ३० लाख पर्ने जग्गा दान

स्वास्थ्यचौकी भवन बनाउन ३० लाख पर्ने जग्गा दान

 

पर्वतका एक दम्पतीले गाउँमा स्वास्थ्यचौकीको भवन बनाउन ३० लाख पर्ने जग्गा दान गरेका छन् । पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा सहरी स्वास्थ्यचौकीको भवन बनाउनका लागि जग्गा अभाव भएपछि स्थानीय छत्रबहादुर क्षेत्री र श्रीमती भद्रकलाले पाँच आना जग्गा दान गरेका हुन् ।

गाउँका नागरिकलाई प्रत्यक्षरुपमा स्वास्थ्यको पहुँच पुर्याउने उद्देश्यले दिवंगत आफ्नो साहिलो छोरा खड्काबहादुर क्षेत्रीको स्मृतिमा जग्गादान गरेको छत्रबहादुरले बताए । उनका छोरा खड्काबहादुर क्षेत्रीको करीब १२ वर्ष अघि रोजगारीको सिलसिलामा साउदी अरबमा मृत्यु भएको थियो ।

जग्गाको लाजपूर्जा आइतबार शहरी स्वास्थ्य केन्द्रको नाममा नामाकरण गरिएको छ । उक्त जग्गाको लालपूर्जा जग्गादाताले शहरी स्वास्थ्यचौकीका अध्यक्ष तथा वडाध्यक्ष यदुनाथ बास्तोलालाई हस्तान्तरण गरे ।

स्वास्थ्य क्षेत्रको विकासका लागि योगदान गरेको भन्दै जग्गादातालाई कुश्मा नगरपालिकाका प्रमुख रामचन्द जोशी र कुश्मा नगरपालिका–२ खुर्कोटका वडाध्यक्ष यदुनाथ बास्तोलाले दोसल्ला ओढाएर सम्मान गरेका थिए । नगरप्रमुख जोशीले जग्गा प्राप्त भएसँगै आवश्यक सुविधासहितको भवन निर्माण गर्ने प्रक्रिया अघि बढाइने बताए ।

(रासस)

प्रकाशित समय ०८:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु