गृहपृष्ठ राष्ट्रको समृद्धि सुनिश्चित गर्न निजी क्षेत्र सशक्त बनोस् : राष्ट्रपति

राष्ट्रको समृद्धि सुनिश्चित गर्न निजी क्षेत्र सशक्त बनोस् : राष्ट्रपति

rastrapati-newskarobar फाइल तस्बिर

 

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको समृद्धि सुनिश्चित गर्न निजी क्षेत्र अझ सशक्त बन्ने विश्वास व्यक्त गरेकी छिन् ।

सार्क उद्योग वाणिज्य संघका पदाधिकारीसँग मंगलबार अपराह्न राष्ट्रपति कार्यालयमा भएको सामूहिक भेटमा उनले मुलुकको आर्थिक विकासमा नेतृत्वदायी भूमिकामा रहेर काम गर्दै आएको निजी क्षेत्रलाई आफूले सधँै उच्च प्राथमिकतामा राखेको उल्लेख गरिन् ।

राष्ट्रपति भण्डारीले चीन र दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रबाट नेपालमा लगानी भित्र्याउन महासंघलाई अगुवाइ गर्न आग्रह गरिन् ।

 

-रासस

प्रकाशित समय २०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु