गृहपृष्ठ मेलम्चीकाे पाइपमा सुन्दरीजलको पानी काठमाडौं ल्याइयो
मेलम्चीकाे पाइपमा सुन्दरीजलको पानी काठमाडौं ल्याइयो
मेलम्चीको पानी नआए पनि मेलम्ची खानेपानी आयोजनाको पाईपबाट सुन्दरीजलको पानी काठमाडौंमा ल्याइएको छ । मेलम्चीको पानी वितरण गर्ने नयाँ पाइपलाइनबाट शनिबार सुन्दरीजलको पानी काठमाडौं ल्याइएको हो ।
शनिबार अपराह्न उक्त कार्यको उद्घाटन प्रतिनिधि सभाका सभामुख कृष्णबाहदुर महराले गरेका हुन् । सुन्दरीजलस्थित बागमती नदीको पानी प्रशोधन गरेर नयाँ पाइपलाइनबाट काठमाडौंको चाबहिलस्थित महांकाल चौरमा रहेको संकलन केन्द्रमा पानी ल्याइएको छ ।
श्निबारदेखि १० किलोमिटर पाइपलाइनको प्रयोग गरी दैनिक ३ करोड लिटर पानी काठमाडौंमा आउने छ । शुरुमा बागमतीको पानी ‘ट्रिटमेन्ट प्लान्ट’मा शुद्धिकरण गरी नयाँ पाइपलाइनबाट काठमाडौं ल्याइएको हो । महांकालमा रहेको पानी संकलन केन्द्रबाट घरघरमा सो पानी जानेछ ।
अहिले बर्षातका बेला बागमतीमा पानीको मात्रा बढेकोले नयाँ पाइपलाइन मार्फत पानी ल्याएर वितरण गरिएको हो । यस्तै घर घरमा पानी वितरणका लागि कुल १ हजार किलोमिटरमा पाइप बिच्छ्याउने काम मध्ये ७ सय ५० किलोमिटरको काम सकिएको बताइन्छ । सभामुख महराको साथमा खानेपानी मन्त्री बिना मगर, मन्त्रालयका सचिव, मेलम्ची खानेपानी आयोजनाका प्रमुख लगायतको टोली सुन्दरीजल गएको थियो ।
प्रकाशित समय १८:४६ बजे