गृहपृष्ठ ३३ केजी सुन काण्डमा आरके ज्वेलर्सका मालिक पक्राउ, एसएसपी लोहनी समेत मुछिए
३३ केजी सुन काण्डमा आरके ज्वेलर्सका मालिक पक्राउ, एसएसपी लोहनी समेत मुछिए
काठमाडौं – ३३ किलो सुन प्रकरणमा न्यूरोडस्थित आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्य बिहीबार साझँ काठमाडौंबाट पक्राउ परेका छन्। शाक्यलाई गृह मन्त्रलायले गठन गरेको छानविन समितिले अनुसन्धानका लागि पक्राउ गरेको हो।
डेढ महिना अगाडी ३३ केजी सुन तस्करीमा मोरङका सोनम शाक्यको हत्या पश्चात् अपराध महाशाखाका प्रमुख एसएसपी दिबेश लोहनी, डिसपी प्रजित केसी र सई बालकृण्ण सन्जेललाई प्रहरी प्रधान कार्यालयले छानविनको दायरामा राखेको छ।
यसअघि नेपाल एयरलाइन्सका तीन कर्मचारी र थाई एयरलाइन्सका ८ कर्मचारी छानविनका लागि पक्राउ परिसकेका छन्। गृह मन्त्रालयले छानविनका लागि सहसचिव ईश्वर पोखरेलको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो।
गत पुस २१ गते सिआईबीले नियन्त्रणमा लिएको ३३ किलो अबैध सुनको मालिक पत्ता लगाउन प्रहरी दिनरात अनुसन्धान गरिरहेको थियो ।
प्रहरी स्रोतका अनुसार त्रिभुवन विमानस्थलबाट सहजै भन्सार पास गरिएको सुन न्युरोडको आर।के ज्वेलर्सले मगाएको थियो । विभिन्न लेयरका भरिया हुँदै बास्तविक सुन मालिक राजेन्द्र शाक्य आरके ज्वेलर्सका सञ्चालक सम्म लैजाने संगठित गिरोह त्यसमा सक्रिय थियो ।
पक्राउ परेका भरियाको बयानका आधारमा उक्त सुन राजेन्द्र शाक्यको भएको खुलेको हो । करिब ३० बर्षदेखि न्युरोडको विशाल बजार र बांगेमुढामा सुनको गहना बनाउने ब्यवसाय गर्दै आएका शाक्यको नाम यसअघि पनि सुन तस्करीमा जोडिने गरेको थियो ।
२०७१ मंसिर १६ गते आरके ज्वेलर्सको कर्मचारी सन्नि श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले दुई किलो अवैध सुन सहित दरबारमार्गबाट पक्राउ गरेको थियो ।

तस्करीको ३३ किलो सुन गायब भएसँगै हत्या गरिएका उर्लाबारीका सनम शाक्य ‘हत्या प्रकरण’मा एसएसपी दिवेश लोहनीसहित तीन सुरक्षा अधिकारी मुछिएका हुन्् । प्रहरी प्रधान कार्यालयले पत्राचार गरेर एसएसपी लोहनी, डिएसपी प्रजित केसी र प्रहरी नायब निरीक्षक सई बालकृष्ण सञ्जेललाई प्रहरी हेडक्वार्टरको मानवश्रोत विकास विभागमा हाजिर हुन निर्देशन दिएको छ ।
प्रकाशित समय ०८:५३ बजे

















